6 months ago
June 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा आगामी आइतबारबाट सुरु हुने एसिसि मेन्स यु-१६ इस्ट जोन कपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान)ले बिहीबार विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा सुर्याशुं कोइराला रहेका छन् ।
गत साता सुर्खेतमा सम्पन्न टिबी साह मेमोरियल यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आधारमा टोलीको घोषणा गरिएको हो । मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागीता रहेको छ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा रहेको नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार रहेका छन् ।
नेपाल हालसम्म भएका प्रतियोगिताको तीनै संस्करणको च्याम्पियन हो । आइतबार सिंगापुरसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । मंगलबार जापानसँग खेल्ने नेपालले तेस्रो खेलमा आइतबार इन्डोनेसियासँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ ।
हरेक समूहबाट बिजेता र उपबिजेता सेमिफाइनल प्रवेश गर्नेछन् । दुई सेमिफाइनलका बिजेताबीच ५ जुलाई(असार २१) मा फाइनल खेल हुनेछ ।
नेपाली यु-१६ टोली
विपिनप्रसाद शर्मा(कप्तान), सुर्याशुं कोइराला(उपकप्तान), परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुसिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]