6 months ago
June 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर माइकल लेविट शतकबाट चुक्दा स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १ सय ७५ रनको मध्यम लक्ष्य दिएको छ ।
टस जितेर नेपालले बलिङ रोजे पछि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रनको मध्यम योगफल तयार गर्यो ।
नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेविटले ५३ बलमा ६ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ८६ रनको अर्धशतकीय इनिङ खेले । शतकबनाउँन १४ रनले चुकेका लेविट करण केसीको बलमा कप्तान रोहित पौडेलबाट क्याच हुन पुगे ।
पाँचौ विकेटका लागि लेविटले सकिव जुल्फिकरसँग मिलेर ३३ बलमा ६३ रनको अर्धशतकी साझेदारी गरे । दुईबीचको महत्वपुर्ण साझेदारी सन्दीप लामिछानेले तोडेका थिए । सन्दीपले जुल्फिकरलाई ११ बलमा १४ रनमा आउट गर्दै साझेदारी तोडेका थिए ।
रोइलेफ भान डर मिर्वो २१ बलमा ३६ तथा आर्यान दत्त १८ बलमा १७ रन बनाउँदै नट आउट रहे । नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि करण केसीले २ तथा सन्दीप, रुपेस सिंह, ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
नेपाली टोलीमा मंगलबार स्कटल्याण्डसँग खेलेका ३ खेलाडी परिवर्तन भएका छन् । स्कटल्याण्डसँग खेलेका किरण ठगुन्ना, बसिर अहमद र अनिल साह बेन्चमा रहँदा भीम सार्की, आरिफ शेख र आसिफ शेखले टोलीमा मौका पाएका छन् ।
नेदरल्याण्ड्सविरुद्धको खेलमा भीमले टि ट्वान्टी आईमा डेब्यु गरेका हुन् । नेपालका लागि टि ट्वान्टी आईमा प्रतिनिधित्व गर्ने भीम ५२औं खेलाडी हुन् । भीमलाई नेपाली टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले डेब्यु क्याप हस्तान्तरण गरेका थिए ।
यसअघिका २ मध्ये १ मा जित र १ मा हार बेहोरेको नेपाल २ अंकका साथ तेस्रो स्थानमा छ ।उता, सिरिजको अन्तिम खेल खेल्दै गरेको नेदरल्याण्ड्स ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । स्कटल्याण्ड दोस्रो स्थानमा छ।
सिरिजको पहिलो भेटमा सोमवार नेदरल्याण्ड्सले नेपालमाथि रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो सुपर ओभरमा नतिजा निस्केको खेलमा नेदल्याण्ड्स विजयी भएको थियो ।
नेपालले सिरिजको अन्तिम खेलमा शुक्रवार स्कटल्याण्डसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष टोली च्याम्पियन बन्नेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]