default_image

6 months ago

June 20, 2025

विदुर मेयर कपको उपाधिका लागि वडा ३ र ४ भिड्ने

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम विदुर मेयर कप अन्तर वडा टि२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ३ र वडा नम्बर ४ भिड्ने भएका छन् ।

शुक्रबार भएको सेमिफाइनलमा वडा ३ ले वडा नम्बर १ लाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । टस जितेर ब्याटिङ रोजेको वडा १ ले २० ओभरमा ८२ रन मात्र जोडेको थियो । यादव लामिछानेले २६ रन जोड्नुबाहेक अन्यले उल्लेख्य योगदान दिन सकेनन् ।

जवाफमा वडा नम्बर ३ ले ६.४ ओभरमा नै लक्ष्य पूरा गर्यो । प्लेयर अफ द म्याच राजेश रिमालले २१ बलमा ४२ रनको आक्रामक इनिङ खेलेपछि वडा नम्बर ३ ले सहज जित दर्ता गर्यो । पवन राई ३१ रनमा नटआउट रहे ।

त्यसअघि पहिलो सेमिफाइनलमा वडा ४ ले वडा नम्बर ८ लाई ३ विकेटले हराएको थियो । वडा नम्बर ७ ले प्रस्तुत गरेको १ सय १० रनको लक्ष्य वडा नम्बर ४ ले १९ औं ओभरमा पूरा गर्यो । विकास लामिछानेले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै टोलीलाई फाइनल पुर्याए ।

विकासले ४ विकेट लिनुका साथै ब्याटिङतर्फ पनि सर्वाधिक २९ रन जोडेका थिए । उनलाई हिमान रिमालले २४ रन जोड्दै साथ दिएका थिए । फाइनल शनिबार हुनेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.