default_image

6 months ago

June 20, 2025

गिल र जैसवालको शतकमा भारतको उत्कृष्ट सुरुवात

1896 views

0 Bookmark

एजेन्सी – ओपनर यशस्वी जैसवाल र कप्तान शुभमन गिलको शतकको सहयोगमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट सुरुवात गरेको छ ।

पहिलो टेस्टको पहिलो दिन शुक्रवार भारतले उत्कृष्ट सुरुवात गरेको हो । पहिलो दिनको खेल सकिदा भारतले ३ सय ५९ रन बनाउँदा ३ विकेट गुमाएको छ । कप्तान गिल शतकमा र उपकप्तान ऋषभ पन्त अर्धशतक बनाएर अविजित छन् ।

त्यसअघि हेडिङ्लीमा घरेलु टोलीले टस जितेर फिल्डिङको निणर्य लिए पछि भारत ब्याटिङमा उत्रिएको थियो । भारतका लागि ओपनर जैसवालले १ सय ५९ बलमा १६ चौका र १ छक्कासहित १ सय १ रन जोडे ।

पहिलो विकेटका लागि जैसवाल र केएल राहुलले ९१ रनको साझेदारी गरे । ओपनर राहुल ७८ बलमा ८ चौकाको साथमा ४२ रनमा आउट भए । तेस्रो नम्बरमा ब्याटिङमा आएका साइ सुदर्शनले ४ बल खेलेर खाता नै खोल्न सकेनन् । साइको यो डेब्यु खेल हो ।

पहिलो पटक चौथो नम्बरमा ब्याटिङमा आएका कप्तान गिल १ सय ७५ बलमा १६ चौका र १ छक्काको साथ १ सय २७ रनमा अविजित छन् । कप्तानको रुपमा गिलको यो पहिलो खेल हो । टोलीका उपकप्तान पन्त १ सय २ बलमा ६ चौका र २ छक्काको साथमा ६५ रनमा अविजित रहेका छन् ।

घरेलु टोलीका लागि कप्तान बेन स्कोक्सले २ तथा बायडेन कार्सले १ विकेट लिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.