default_image

6 months ago

June 22, 2025

वेष्टर्नलाई उजिर सिंह क्रिकेट उपाधि

275 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

वेष्टर्न क्रिकेट क्लबले उजिर सिंह क्रिकेट प्रतियोगिता २०८२ को उपाधि जितेको छ ।

वेष्टर्नले पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनको प्रशिक्षणमा रहेको न्यु होराइजन क्रिकेट क्लबलाई शनिवार ५ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो।

जितका लागि १ सय ८ रनको लक्ष्य पछ्याएको वेष्टर्न १४. ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । वेष्टर्नका ओपनर

नेपाली यु १९ टलीका पूर्व कप्तान देव खनाल र रञ्जित कार्कीले ६० रन साझेदारी गर्दै टोली बलियो अवस्थामा पुर्याए। देवले अर्धशतक बनाए। उनले २४ बलमा ७ छक्का र १ चौकासहित ५३ रन बनाए । उनलाई निर्मल गुरुङले आउट गरे ।

प्रज्वल थापाले २३ जोडे । अभिशेष गौतम र सन्दीप थापा समान ९ रनमा नटआउट रहे । न्यु होराइजनका विप्रसन केसीले २ तथा प्रिन्स पाल र निर्मलले समान १ विकेट लिए ।

बुटवल–१६ स्थित नरेनापुर क्रिकेट खेलमैदानमा त्यसअघि टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले १७.३ ओभरमा अल आउट हुँदै १ सय ७ रनको बनाएको थियो ।

टोलीका लागि आरिफ खानले सर्वाधिक ३० रन बनाए। अमर मिश्राले १६, तुल बहादुर थापाले २५, अमर मिश्राले १६, निर्मलले १० रन जोडे ।

वेष्टर्नका अभिषेक गौतमले ४, सन्देश थापा, अजयकुमार चौहान र सुप्रिम कंडेलले समान २ विकेट लिए। वेष्ट्रनका अभिषेक फाइनल अफ दी म्याच चुनिए।

वेष्टर्नले उपाधिसहित ३५ हजार र न्यु होराइजनले १५ हजार रुपैयाँ प्राप्त गर्यो ।

वेष्टर्नका अभिषेक गौतम प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, न्यु होराइजन निश्चल ज्ञवाली उत्कृष्ट ब्याटर , बुटवल युथका लक्ष्मण परियार उत्कृष्ट बलर,गोलपार्क क्रिकेट क्लबका १० वर्षिय खेलाडी आशुतोष बोगटी
उदीयमान खेलाडी घोषित भए ।

विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचन, रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष निरजप्रताप खाड, लुम्बिनी प्रदेश सदस्य प्रथम पराजुली, नगर समितिका सदस्य सरोज सिह, समितिका कावा अध्यक्ष रोमित बज्राचार्य, समितिका संस्थापक अध्यक्ष गंगाराम सुनारले पुरस्कृत प्रदान गरे ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा बुटवल क्रिकेट विकास समितिको आयोजनामा भएको
प्रतियोगितामा रुपन्देहीका ८ वटा टोलीको सहभागिता थियो।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.