default_image

6 months ago

June 24, 2025

इङ्ग्ल्याण्ड विशाल लक्ष्य पछ्याउँदै

1218 views

0 Bookmark

एजेन्सी – इङ्ग्ल्याण्डले भारतविरुद्धको पहिलो टेस्टमा जितका लागि विशाल लक्ष्य पाएको छ ।

इङ्ग्ल्याण्डले दोस्रो इनिङमा जितका लागि ३ सय ७१ रनको लक्ष्य पाएको छ।

दोस्रो इनिङमा ३ सय ६४ रनमा अलआउट भएको भारतले ३ सय ७० रनको अग्रता बनाएको हो । भारतले पहिलो इनिङमा ६ रनको अग्रता लिएको थियो ।

दोस्रो इनिङमा भारतका ओपनर केएल राहुल र उपकप्तान ऋषभ पन्तले शतक बनाएका थिए । राहुलले सर्वाधिक १ सय ३७ रन बनाए ।

पहिलाे इनिङमा समेत शतक बनाएका पन्तले १ सय १८ रन बनाए । पन्त दुवै इनिङमा शतक बनाउने दोस्रा विकेट किपर ब्याटर हुन् । यसअघि जिम्बाब्वेका एन्डी फ्लावरले यो सफलता प्राप्त गरेका थिए ।

भारतका दोस्रो इनिङमा साइ सुदर्शन ३०, करुण नायर २० तथा कप्तान शुभमन गिल २५ रन जोडे ।

घरेलु टोलीका लागि जोस टोङ्गो र बायडेन कार्सले समान ३, शोयब बसिरले २ तथा क्रिस वोक्स र बेन स्टोक्सले समान १ विकेट लिए ।

दोस्रो इनिङमा सुरु गरेको घरेलु टोलीले २१ रन जोड्दा चौथो दिन सोमवारको खेल समाप्त भएको थियो। इङ्ग्याण्ड अझै ३ सय ५० रनले पछाडि छ। त्यसअघि हेडिङ्लीमा घरेलु टोलीले टस जितेर फिल्डिङको निणर्य लिएको थियो।

पहिला ब्याटिङ गरेको भारतले कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको थियो । इङ्ग्ल्याण्डले पहिलो इनिङमा ४ सय ६५ रन जोडेको थियो ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.