6 months ago
June 24, 2025
एजेन्सी – इङ्ग्ल्याण्डले भारतविरुद्धको पहिलो टेस्टमा जितका लागि विशाल लक्ष्य पाएको छ ।
इङ्ग्ल्याण्डले दोस्रो इनिङमा जितका लागि ३ सय ७१ रनको लक्ष्य पाएको छ।
दोस्रो इनिङमा ३ सय ६४ रनमा अलआउट भएको भारतले ३ सय ७० रनको अग्रता बनाएको हो । भारतले पहिलो इनिङमा ६ रनको अग्रता लिएको थियो ।
दोस्रो इनिङमा भारतका ओपनर केएल राहुल र उपकप्तान ऋषभ पन्तले शतक बनाएका थिए । राहुलले सर्वाधिक १ सय ३७ रन बनाए ।
पहिलाे इनिङमा समेत शतक बनाएका पन्तले १ सय १८ रन बनाए । पन्त दुवै इनिङमा शतक बनाउने दोस्रा विकेट किपर ब्याटर हुन् । यसअघि जिम्बाब्वेका एन्डी फ्लावरले यो सफलता प्राप्त गरेका थिए ।
भारतका दोस्रो इनिङमा साइ सुदर्शन ३०, करुण नायर २० तथा कप्तान शुभमन गिल २५ रन जोडे ।
घरेलु टोलीका लागि जोस टोङ्गो र बायडेन कार्सले समान ३, शोयब बसिरले २ तथा क्रिस वोक्स र बेन स्टोक्सले समान १ विकेट लिए ।
दोस्रो इनिङमा सुरु गरेको घरेलु टोलीले २१ रन जोड्दा चौथो दिन सोमवारको खेल समाप्त भएको थियो। इङ्ग्याण्ड अझै ३ सय ५० रनले पछाडि छ। त्यसअघि हेडिङ्लीमा घरेलु टोलीले टस जितेर फिल्डिङको निणर्य लिएको थियो।
पहिला ब्याटिङ गरेको भारतले कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको थियो । इङ्ग्ल्याण्डले पहिलो इनिङमा ४ सय ६५ रन जोडेको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]