default_image

6 months ago

June 24, 2025

शुभम ‘प्लेयर अफ द म्याच’

1605 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीका बलर शुभम खनाल एसिसी मेन्स यु-१६ इस्ट जोन कपको जापानसँगको खेलमा ‘प्लेयर अफ द म्याच’ भएका छन् ।

जापानलाई आज ९ विकेटले हराएको खेलमा ५ विकेट लिएपछि शुभम ‘प्लेयर अफ द म्याच’ भएका हुन् । नेपाललाई सहज जित दिलाउने क्रममा बाँया हाते स्पिनर शुभमले १० ओभरमा १५ रन खर्चिएर ५ विकेट लिएका थिए ।

शुभमले १० ओभर गर्ने क्रममा ३ मेडन ओभर पनि फालेका थिए । जापानलाई पराजित गरेको नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

पहिलो खेलमा नेपालले सिंगापुरलाई पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले आइतवार इन्डोनेसियाको सामना गर्नेछ ।

नेपालको कसिलो बलिङ सामू खुलेर खेल्न नसकेको जापान ८० रनमा अल आउट भएको थियो । जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.