5 months ago
June 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीका बलर शुभम खनाल एसिसी मेन्स यु-१६ इस्ट जोन कपको जापानसँगको खेलमा ‘प्लेयर अफ द म्याच’ भएका छन् ।
जापानलाई आज ९ विकेटले हराएको खेलमा ५ विकेट लिएपछि शुभम ‘प्लेयर अफ द म्याच’ भएका हुन् । नेपाललाई सहज जित दिलाउने क्रममा बाँया हाते स्पिनर शुभमले १० ओभरमा १५ रन खर्चिएर ५ विकेट लिएका थिए ।

शुभमले १० ओभर गर्ने क्रममा ३ मेडन ओभर पनि फालेका थिए । जापानलाई पराजित गरेको नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
पहिलो खेलमा नेपालले सिंगापुरलाई पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले आइतवार इन्डोनेसियाको सामना गर्नेछ ।
नेपालको कसिलो बलिङ सामू खुलेर खेल्न नसकेको जापान ८० रनमा अल आउट भएको थियो । जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]