6 months ago
June 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल महिला क्रिकेट टोलीकी पूर्व कप्तान एवम् सदस्य रुविना क्षेत्री हिमा एयुएस एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन्।
डेढ दशक भन्दा लामो क्रिकेट खेल जीवनामा रुविनाको पहिलो पटक कुनै ब्रान्डको एम्बेसडर नियुक्त भएकी हुन्।
रुविनाले कालिकास्थानस्थित कन्सल्टेन्सीमा मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरेको बताइएको छ कन्सल्टेन्सीले रुविनासँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताएको छ।

उनले ब्रान्ड एम्बेसडरको रूपमा जोडिन पाउँदा उत्साहित भएको बताएकी छिन् । सामाजिक सन्जालमा रुविनाले लेखेकी छिन्,’ म यो अवसर उपलब्ध गराएकोमा क्रिकेट संघ नेपाल (क्यान) लाई धन्यवाद दिन चाहन्छु। विशेष धन्यवाद र सम्मान प्रकट गर्न चाहन्छु विनोद कुँवर रोशन कुमार सिंह र हिमाकी नेपाल प्रमुख पूजा म्याम लाई । जसले महिला क्रिकेटरलाई ब्रान्ड एम्बेसडर बनाउने सकारात्मक निर्णयमा पुग्न आवश्यक छलफल गर्नुभयो र समर्थन गर्नुभयो।’
म विश्वस्त छु कि यसले महिला क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ र ममा अझ कडा मेहनत गर्ने आत्मविश्वास दिनेछ, रुविनाले अगाडि भनेकी छिन्,’म खेलकुद र शिक्षाको माध्यमबाट विश्वभरिका युवालाई प्रेरित र सशक्त पार्ने साझा अभियानमा सहकार्य गर्न प्रतीक्षा गरिरहेकी छु।’

गत महिना नेपाली महिला टोलीले एसिया टि ट्वान्टी महिला विश्वकप छनोट पार गर्दै ग्लोबल छनोटमा पुग्दा उनी टोलीको महत्वपूर्ण सदस्य थिइन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]