5 months ago
June 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल महिला क्रिकेट टोलीकी पूर्व कप्तान एवम् सदस्य रुविना क्षेत्री हिमा एयुएस एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन्।
डेढ दशक भन्दा लामो क्रिकेट खेल जीवनामा रुविनाको पहिलो पटक कुनै ब्रान्डको एम्बेसडर नियुक्त भएकी हुन्।
रुविनाले कालिकास्थानस्थित कन्सल्टेन्सीमा मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरेको बताइएको छ कन्सल्टेन्सीले रुविनासँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताएको छ।

उनले ब्रान्ड एम्बेसडरको रूपमा जोडिन पाउँदा उत्साहित भएको बताएकी छिन् । सामाजिक सन्जालमा रुविनाले लेखेकी छिन्,’ म यो अवसर उपलब्ध गराएकोमा क्रिकेट संघ नेपाल (क्यान) लाई धन्यवाद दिन चाहन्छु। विशेष धन्यवाद र सम्मान प्रकट गर्न चाहन्छु विनोद कुँवर रोशन कुमार सिंह र हिमाकी नेपाल प्रमुख पूजा म्याम लाई । जसले महिला क्रिकेटरलाई ब्रान्ड एम्बेसडर बनाउने सकारात्मक निर्णयमा पुग्न आवश्यक छलफल गर्नुभयो र समर्थन गर्नुभयो।’
म विश्वस्त छु कि यसले महिला क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ र ममा अझ कडा मेहनत गर्ने आत्मविश्वास दिनेछ, रुविनाले अगाडि भनेकी छिन्,’म खेलकुद र शिक्षाको माध्यमबाट विश्वभरिका युवालाई प्रेरित र सशक्त पार्ने साझा अभियानमा सहकार्य गर्न प्रतीक्षा गरिरहेकी छु।’

गत महिना नेपाली महिला टोलीले एसिया टि ट्वान्टी महिला विश्वकप छनोट पार गर्दै ग्लोबल छनोटमा पुग्दा उनी टोलीको महत्वपूर्ण सदस्य थिइन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]