default_image

6 months ago

June 26, 2025

भारतीय क्रिकेटरलाई पछि पार्ने सन्दीप‌ र करण

5484 views

0 Bookmark

सागर अधिकारी, काठमाडौं

क्रिकेटमा भारतको बोलवाला छ । क्रिकेटमा मैदान भित्र होस् वा बाहिर भारत बलियो राष्ट्रमा पर्दछ। क्रिकेटमा धेरै अर्थमा नेपाल भारत भन्दा पछाडि छ ।

तर एउटा कीर्तिमानमा भने नेपालका २ बलरले भारतीय बलरलाई पछि पारेका छन् । सन् २००५ बाट सुरु भएको टि ट्वान्टी आईमा नेपालका २ बलरले सन्दीप लामिछाने र करण केसीले १ सय विकेटको कोसेढुंगा पार गरेका छन् ।

सन् २००७ र पछिल्लो संस्करणको टि२० विश्वकपको विजेता समेत रहेको विश्व क्रिकेटको महारथी भारतका कुनै पनि बलरले अहिलेसम्म यो सफलता प्राप्त गर्न सकेका छैनन् । लेग स्पिनर सन्दीपले गत वर्ष र तीव्र गतिका करणले गत साता १ सय विकेट पूरा गरेका थिए ।

टि ट्वान्टी आईमा भारतका लागि अर्शदिप सिंहले सर्वाधिक विकेट लिएका छन् । उनी १ सय विकेटको नजिक छन् । उनले अहिले सम्म ९९ विकेट लिइसकेका छन्। भारतका अन्य बलर यो सफलताको आसपास छैनन् ।

सन्दीप नेपालको लागि टि ट्वान्टी आईमा १ सय विकेट पूरा गर्ने पहिलो नेपाली क्रिकेटर हुन् गतवर्ष टि ट्वान्टी विश्व कपमा बंगलादेशसँगको खेलमा विकेट लिदै सन्दीपले १ सय विकेटको कोसेढुंगा पूरा गरेका थिए ।

टि ट्वान्टी आईमाई सय विकेट पूरा गर्के करण दोस्रो नेपाली क्रिकेटर हुन् । गत साता स्कटल्याण्डमा भएको टि ट्वान्टी आई सिरिजका क्रममा करणले १ सय विकेट पूरा गरेका थिए । करणले स्कटल्याण्डविरुद्धको खेलमा यो सफलता प्राप्त गरेका थिए ।

श्रीलंकाका लासिथ मालिङ्गाले पहिलो पटक टि ट्वान्टी आईमा १ सय विकेट पूरा गरेका थिए । मालिङ्गाले २०१९ मा न्युजिल्याण्डविरुद्धको खेलमा कोसेढुंगा पार गरेका थिए ।

मालिङ्गाले १३ वर्षको ७६ खेल खेल्दै त्यो सफलता प्राप्त गरेका थिए । उनी पछि २०२१ मा बंगलादेशका शाकिब अल हसनले ८४ खेल खेल्दै यो सफलता प्राप्त गरेका थिए ।

टि ट्वान्टी आई क्रिकेटको २० वर्षको इतिहासमा १३ देशका २१ क्रिकेटरले १ सय विकेट लिने सफलता पाएका छन् ।

टि ट्वान्टी आईमा १ सय विकेट पूरा गर्ने सर्वाधिक खेलाडी न्युजिल्याण्ड र पाकिस्तानका छन् । न्युजिल्याण्ड र पाकिस्तानका समान ३ क्रिकेटरले १ सय विकेट पूरा गरेका छन् ।

बंगलादेश, इङ्ग्ल्याण्ड, श्रीलंका र नेपालकानसमान २ तथा अफगानिस्तान, हङकङ, आयरल्याण्ड, युगाण्डा, केन्या, अष्ट्रेलिया र ओमानका समान १ खेलाडीले यो कोसेढुंगा पार गरेका छन् ।

न्युजिल्याण्डका टिम साउथी टि ट्वान्टी आईमाई सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्। उनले १ सय २६ खेलमा १ सय ६४ विकेट लिएका छन् ।

साउथीले गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थि । टि ट्वान्टी आईका सर्वाधिक विकेट लिनेको दोस्रो क्रिकेटर अफगानिस्तानका राशिद खान हुन् । उनले ९६ खेलमा १ सय ६१ विकेट लिएका छन् ।

१ सय विकेट पूरा गर्ने मध्ये ५ एसोसिएट राष्ट्रका ६ क्रिकेटर छन् । एसोसिएटका तर्फबाट नेपालका २ तथा केन्या हङकङ, युगाण्डा र ओमानका समान १ क्रिकेटर रहेका छन्।

एसोसिएटका लागि सबैभन्दा पहिले १ सय विकेट पूरा गर्ने पहिलो क्रिकेटर सन्दीप हुन् । उनी कम खेलमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका थिए ।

सन्दीपले ५४ खेलमा १ सय विकेट पूरा गरेका थिए । पहिलो स्थानमा रहेका राशिद छन् । उनले ५३ खेलमा १ सय विकेट पूरा गरेका थिए ।

अहिलेसम्म टि ट्वान्टी आईमा सन्दीपले ६२ खेलमा १ सय १७ विकेट र करणले ८१ खेलमा १ सय ३ विकेट लिएका छन्।

हालसम्म १ सय विकेट पूरा गरेका खेलाडी र देश :

न्युजिल्याण्ड ३ जना
टिम साउथी
इश सोडी
मिचेल स्यान्टेनर

पाकिस्तान ३ जना
हरिस रउफ
शादाब खान
शाहिन शाह अफ्रिदी

बंगलादेश २ जना
शाकिब अल हसन
मुस्ताफिजुर रहमान

इङ्ग्ल्याण्ड २ जना
आदिल राशिद
क्रिस जोर्डन

श्रीलंका २ जना
लासिथ मालिङ्गा
वानिन्दु हसरंगा

नेपाल २ जना
सन्दीप लामिछाने
करण केसी

अफगानिस्तान १ जना
राशिद खान

आयरल्याण्ड १ जना
मार्क अडिर

हङकङ १ जना
इसान खान

युगाण्डा १ जना
हेनरी सेनोन्डो

केन्या १ जना
शेम एन्गोछे

अस्ट्रेलिया १ जना
एडम जाम्पा

ओमान १ जना
बिलाल खान

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.