default_image

6 months ago

June 28, 2025

वेस्ट इण्डिजमाथि अस्ट्रेलियाको जित

498 views

0 Bookmark

एजेन्सी – अस्ट्रेलियाले पहिलो टेस्टमा घरेलु टोली वेस्ट इण्डिजलाईआज १ सय ५९ रनले पराजित गरेको छ ।

पाहुना टोलीले ३ टेस्ट सिरिजमा १-० को अग्रता बनाएको छ । ३ सय १ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिज १ सय ४१ रनमा समेटयो ।

वेस्ट इण्डिजका शेमार जोसेफ सर्वाधिक ४४ रनमा बनाए । जस्टिन ग्रेभ्स ३८, जोन काम्पबेल २३ तथा केसी कार्टी २० रनमा आउट भए ।

अस्ट्रेलियाका लागि जोस हेजलवुडले १२ ओभरमा ४३ रन खर्चिएर ५ विकेट लिए । नाथन लायनले २ तथा मिचेल स्टार्क र प्याट कमिसंले समान १ विकेट लिए ।

अस्ट्रेलिया पहिलो इनिङमा १० रनले पछि परेकोमा दोस्रो इनिङमा ३ सय १० रन थप्दै समग्रमा ३ सय रनको अग्रता लिएको थियो ।

दोस्रो इनिङमा अस्ट्रेलियाका लागि एलेक्स क्यारी ६५ रनमा बनाए । बेयू वबस्टार ६३, ट्रभिस हेड ६१, जोस इङ्ग्लिस १२, मिचेल स्टार्क १६ तथा उस्मान ख्वाजा र क्यामरुन ग्रिन समान १५ रनमा आउट भए ।

वेस्ट इण्डिजका लागि शेमार जोसेफले २५.५ ओभरमा ८७ रन खर्चिएर ५ विकेट लिए । अल्जारी जोसेफले २ तथा जयडेन सेल्स, जस्टिन ग्रेभ्स, रोस्टन चेसले समान १ विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो इनिङमा १ सय ८० रनमा समेटिएको थियो । अस्ट्रेलियालाई सस्तैमा अल आउट गरेको वेस्ट इण्डिजले पहिलो इनिङमा १ सय ९० रन जोड्दै १० रनको अग्रता बनाएको थियो । दोस्रो टेस्ट बिहीवार सुरु हुनेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.