default_image

6 months ago

June 28, 2025

एसिसी यु-१६ कप – नेपालले भोलि इण्डोनेसियासँग खेल्ने

1350 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा नेपालले आफ्नो तेस्रो खेलमा भोलि इण्डोनेसियासँग खेल्दैछ ।

सिलेगंर ट्रफ क्लबमा खेल नेपाली समय बिहान ७ः४५ बजे सुरु हुनेछ । नेपाल र इण्डोनेसिया दुवैको त्यो तेस्रो खेल हो।

नेपाल आफ्नो दुवै खेलमा विजयी भएको थियो । इन्डोनेसियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा छ । नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा जापानलाई हराएको थियो।

अर्कोतर्फ पहिलो खेलमा सिंगापुरसँग पराजित इण्डोनेसियाले दोस्रो खेलमा भुटानमाथि जित निकालेको थियो ।

एसियाली क्रिकेट परिषद् (एसिसी) को बार्षिक कार्यतालिका अनुसार जारी प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार छन् ।

नेपालले चौथो तथा समूह चरणको अन्तिम खेल मंगलवार भुटानसँग खेल्नेछ । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् ।

प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ । नेपाल प्रतियोगिताको यसअघिका तीनै संस्करणको च्याम्पियन हो ।

नेपाली यु-१६ टोली

विपिनप्रसाद शर्मा (कप्तान), सुर्याशुं कोइराला (उपकप्तान), परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुसिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.