default_image

6 months ago

June 29, 2025

विशाल योगफतर्फ नेपाल

1280 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी मेन्स यु-१६ प्रतियोगितामा इण्डोनेसियाविरुद्ध नेपाल विशाल योगफल तर्फ अगाडि बढेको छ ।

इन्डोनेसियाले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरिरहेको नेपालले ३० ओभरको समाप्तिमा २ विकेट गुमाएर २ सय ६६ रन बनाएको छ । नेपालका लागि ओपनरका प्रशिद्ध जैसी शतक बनाएर खेलिरहेका छन् ।

प्रशिद्ध ९९ बलमा १५ चौका र १ छक्काको साथ १ सय २२ रनमा अविजित छन् । अर्का ओपनर परिमार्जन यादव अर्धशतक बनाएका छन्। २८ बलमा ४ चौका र ८ छक्काको सहयोगमा ७१ रनमा आउट भए ।

शिवान्स बजगाईं ४ रनमा आउट भए । रौनक श्रीवास्तव अर्धशतकका क्रिजमा छन् । रौनक ५० बलमा ३ चौका र २ छक्काको सहयोगमा ५६ रनमा अविजित रहेका छन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.