default_image

6 months ago

June 29, 2025

पोखराले कुशलसहित ७ खेलाडी रिटेन गर्यो

1597 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली पोखरा एभेन्जर्सले दोस्रो संस्करणका लागि आज रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ ।

पोखराले आइतबार सामाजिक संजालमार्फत रिटेन खेलाडीको जानकारी दिएको‌ हो । हालसम्म अन्य टोलीले ६ खेलाडी रिटेन गरेपनि पोखराले ७ खेलाडी रिटेन गरेको छ ।

पोखराले मार्की र कप्तान कुशल भुर्तेललाई रिटेनको पहिलो नम्बरमा राखेको छ । रिटेन हुने अन्य खेलाडीमा दिनेश खरेल, सागर ढकाल, किरण ठगुन्ना, तृतराज दास, आकाश चन्द र विपिन खत्री रहेका छन् ।

रिटेन खेलाडी

कुशल भुर्तेल
दिनेश खरेल
सागर ढकाल
किरण ठगुन्ना
आकाश चन्द
विपिन खत्री
तृतराज दास

काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले पनि रिटेन र रिलिज खेलाडीको‌ सुची यसअघि नै सार्वजनिक गरिसकेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आगामी अगस्टमा एनपिएलको मिनी अक्सन गर्ने तयारी गरेको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.