default_image

6 months ago

July 1, 2025

नेपालको अर्को सहज जित

2581 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रौनक श्रीवास्तवको शतक पूरा गरेको एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा नेपालले अर्को सहज जित निकालेको छ।

मलेसियामा जारी प्रतियोगितामा आज नेपालले भुटानलाई २ सय ९८ रनको फराकिलो अन्तरले हरायो।

३ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाउँदै ६० रन मात्र बनायो। भुटानका अन्तिम ब्याटर क्रिजमा नआएपछि नेपाल विजयी भयो ।

भुटानका सुजन दावा सर्वाधिक १४ रन बनाए । ओपनर उयोग छोफेल १० रनमा आउट भए । भुटानका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपाली टोलीका कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन खर्चिएर ४ विकेट लिए । सचिन भट्ट र सुयोग भट्टराईले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५८ रनको विशाल योगफल तयार गरेको थियो ।

रौनकले १ सय ३२ बलमा १६ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक १ सय ६८ रनको शतकीय इनिङ खेले । नेपालको सुरुवात राम्रो रहे । १७ रन जोड्दा २ ओपनर गुमायो ।

तेस्रो विकेटका लागि रौनकले शिवान्शं बजगाईंसँग ८४ बलमा ९१ रनको साझेदारी गर्दै टोलीलाई राम्रो स्थितीमा ल्याए ।

शिवान्शं ५२ बलमा ५ चौकाको सहयोगमा ५४ रन बनाए । रौनक र सुगम बुढाथोकीले चौथो विकेटका लागि ६१ बलमा ७२ रनको साझेदारी गरे । सुगमले ३३ बलमा ४ चौकासहित ३५ रन जोडे ।

पाँचौ विकेटका लागि रौनकले जोय थापासँग १ सय ३० बलमा १ सय ७० रनको साझेदारी गरे । जोय ६७ बलमा ७ चौकाको सहयोगमा ६१ रनमा अविजित रहे ।

अघिल्लो खेलमा शतक बनाएका प्रसिद्ध जैसी १४ बलमा ७ र परिमार्जन यादव २ रनमा आउट भए । भुटानका लागि संजय दोर्जेले ३ र तेन्जिन लोडेले १ विकेट लिए ।

यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाल समूह चरणको सबै ४ खेलमा अपराजित रह्यो । यो समूहबाट दोस्रो हुँदै सिंगापुर पनि सेमिफाइनल पुगिसकेको छ । भुटान समूह चरणका सबै ४ खेलमा पराजित भयो।पराजित हुदै अंक बिहिन भएको छ ।

एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्रको सहभागिता छ । सहभागी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको थियो ।

समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान थिए । समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार थिए । दुई समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुगेका छन्।

अर्को समूहबाट उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको मलेसियाले नेपालसँग बिहीवार सेमिफाइनल खेल्नेछ ।

समूह बी बाट हङकङ समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । नेपाल प्रतियोगिताको साविक विजेता हो । सन् २०२३ मा भएको प्रतियोगितामा मलेसियालाई हराउदै नेपाल च्याम्पियन भएको थियो । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.