6 months ago
July 2, 2025
एजेन्सी – बंगलादेशले ५ रन जोड्दा ७ विकेट गुमाएपछि घरेलु टोली श्रीलंकासँगको पहिलो ओडिआई खेलमा हार बेहोरेको छ ।
१ सय रनमा १ विकेट गुमाएको बंगलादेशले थप ५ रन जोड्दा ७ विकेट गुमाएपछि आज श्रीलंकासँग ७७ रनले पराजित भएको हो ।
३ ओडिआई सिरिजमा श्रीलंकाले १-० को अग्रता बनाएको छ । २ सय ४५ रनको लक्ष्य पछ्याएको बंगलादेश ३५.५ ओभरमा १ सय ६७ रनमा अल आउट भयो ।
बंगलादेशका तान्जिद हसनले ६१ बलमा सर्वाधिक ६२ रन जोडे । जाकिर अलि ६४ बलमा ४ चौका र ४ छक्कासहित ५१ रन बनाए । नजमु हुसैन शान्तो २३ रनमा आउट भए ।
श्रीलंकाका वानिन्दु हसरंगाले ४, कमिन्डु मेन्डिसले ३ तथा आसिथा फर्नान्डो र महेश थिक्सेनाले समान १ विकेट लिए ।
त्यसअघि आर प्रेमदासा क्रिकेट स्टेडियम कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४९.२ ओभरमा २ सय ४४ रनमा अल आउट भयो ।
श्रीलंकाका कप्तान चरिथ असलंकाले १ सय २३ बलमा ६ चौका तथा ४ छक्काको सहयोगमा १ सय ६ रनको शतकीय इनिङ खेले ।
कुशल मेन्डिसले ४३ बलमा ६ चौका तथा १ छक्काको सहयोगमा ४५ रन जोडे । मिलन रत्नायके तथा वानिन्दु हसरंगा समान २२ रनमा आउट भए ।
बंगलादेशका तस्किन अहमदले ४, तान्जिम हसन साकिबले ३ तथा तनविर इस्लाम र नजमुल हुसैन शान्तोले समान १ विकेट लिए । दोस्रो ओडिआई खेल शनिवार हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]