5 months ago
July 4, 2025
एजेन्सी – घरेलु टोली वेस्ट इण्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा पाहुना टोली अस्ट्रेलियाले मध्यम योगफल तयार पारेको छ ।
वेस्ट इण्डिजको नेशनल क्रिकेट स्टेडियम ग्रेनेडामा टस जितेर ब्याटिङ रोजेको पाहुना टोलीले सबै विकेट गुमाउँदै २ सय ८६ रनमा बनाउँदा पहिलो दिन बिहीवारको खेल समाप्त भएको छ।
अस्ट्रेलियाका एलेक्स क्यारी सर्वाधिक ६३ रन बनाए । बेयु वेवस्टारले ६० रन जोडे । क्यारम ग्रिन २६, साम कन्टास २५, कप्तान प्याट कमिसं १७, उस्मान ख्वाजा १६ र नाथन लायन ११ रनमा आउट भए ।
वेस्ट इण्डिजका अल्जारी जोसेफले ४, जयडेन सेल्सले २ तथा शेमार जोसेफ, एण्डरसन फिलिप, जस्टिन ग्रेभले समान १ विकेट लिए ।
३ टेस्ट सिरिजमा अस्ट्रेलिया १-० ले अघि छ । पहिलो टेस्ट अस्ट्रेलियाले १ सय ५९ रनले जितेको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]