5 months ago
July 4, 2025
एजेन्सी – भारतीय टेस्ट टोलीका कप्तान शुभमन गिलले पूर्व कप्तान विराट कोहलीको ६ वर्ष पुरानो कीर्तिमान भंग गरेका छन् ।
भारतीय कप्तानको रुपमा तेस्रो इनिङमा नै गिलले टेस्टको एकै इनिङमा सर्वाधिक रन बनाउने नयाँ कीर्तिमान बनाएका छन् ।
गिलले २ सय ६९ रन बनाउँदै विराटले सन् २०१९ मा भारतको पुनामा दक्षिण अफ्रिकाविरुद्ध बनाएको २ सय ५४ रनको कीर्तिमान तोडेका हुन् ।
कप्तानका रुपमा गिलले अघिल्लो खेलको पहिलो इनिङमा शतक बनाएका थिए । गिलले शतकबाट विराटको कीर्तिमान मात्र तोडेनन् । उनी इङ्ग्ल्याण्ड, दक्षिण अफ्रिका, न्युजिल्याण्ड तथा अस्ट्रेलियामा दाहोरो शतक बनाउने पहिलो एसियन कप्तान बने ।
कप्तानको रुपमा मात्र नभई समग्र भारतीय खेलाडीको पनि इङ्ग्ल्याण्डमा यो उच्च रन हो । गिलको दोहोरो शतकको सहयोगमा भारतले इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा ५ सय ८७ रनको विशाल योगफल तयार गरेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]