default_image

5 months ago

July 4, 2025

स्टोक्स पहिलो पटक गोल्डेन डक आउट

1196 views

0 Bookmark

एजेन्सी – इङ्ग्ल्याण्डका टेस्ट कप्तान बेन स्टोक्स पहिलो पटक गोल्डेन डक आउट भएका छन् ।

पाहुना टोली भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा स्टोक्स गोल्डेन डक आउट भएका हुन् । १ सय १३ टेस्टको २ सय २ औं इनिङमा कप्तान स्टोक्स पहिलो पटक सामना गरेको पहिलो बलमै आउट भएका हुन् । स्टोक्सले १७ वर्ष अघि टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए ।

यसअघि १५ पटक रनको खाता नखोली आउट भए पनि उनी पहिलो बलमा आउट भएको भने यो पहिलो पटक हो। ।

इङ्ग्ल्याण्डले ८४ रन बनाउँदा पाँचौ विकेटका रुपमा स्टोक्सलाई गुमाएको हो । मोहम्मद सिराजको बलमा उनी आउट भएका हुन् ।

कप्तान शुभमन गिलको दोहोरो शतकको सहयोगमा पहिलो इनिङमा भारतले ५ सय ८७ रनको विशाल योगफल तयार गरेको थियो । पहिलो इनिङको ब्याटिङ गरिरहेको इङ्ग्ल्याण्डले १ सय ५६ रन जोड्दा ५ विकेट गुमाएको छ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.