default_image

5 months ago

July 4, 2025

सिराजको ६ विकेटमा भारतको फराकिलो अग्रता

787 views

0 Bookmark

एजेन्सी – मोहम्मद सिराजले ६ विकेट लिएपछि भारतले घरेलु टोली इङ्गल्याण्डविरुद्ध दोस्रो टेस्टको पहिलो इनिङमा मजबुत अग्रता बनाएको छ ।

पहिलो इनिङमा भारतले इङ्ग्ल्याण्डलाई १ सय ८० रनले पछि पारेको हो । भारतले पहिलो इनिङमा ५ सय ८७ रन बनाएको थियो । इङ्ग्ल्याण्डले पहिलो इनिङमा ४ सय ७ रन बनाएको छ ।

इङ्ग्ल्याण्डका जेमी स्मिथले अविजित रहदै सर्वाधिक १ सय ८४ रन जोडे । स्मिथसँग छैटौं विकेटका लागि ह्यारी ब्रुकले ३ सय ३ रनको महत्वपूर्ण साझेदारी गरे । ब्रुक १ सय ५८ रन बनाए ।

८४ रनमा ५ विकेट गुमाएर खराब अवस्थामा पुगेको टोलीलाई ब्रुक र स्मिथले सम्हालेका थिए। ६ खेलाडी रनको खाता नखोली आउट भए । जो रुट २२ र ज्याक क्रली १९ रनमा आउट भए ।

भारतका लागि सिराजले १९.३ ओभरमा ७० रन खर्चिएर ६ विकेट लिए । आकाश दिपको नाममा ४ विकेट रह्यो ।

दोस्रो इनिङको सुरुवात गरेको भारतले १ विकेट गुमाएर ६४ रन बनाउँदा तेस्रो दिन शुक्रवारको खेल समाप्त भएको छ। समग्रमा भारतले दोस्रो इनिङमा २ सय ४४ रनको अग्रता बनाएको छ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले कप्तान शुभमन गिलको दोहोरो शतकसहित ५ सय ८७ रन बनाएको थियो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.