5 months ago
July 5, 2025
एजेन्सी – पाहुना टोली अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा सामान्य अग्रता बनाएको छ ।
वेस्ट इण्डिजमा जारी दोस्रो टेस्टमा अस्ट्रेलियाले पहिलो इनिङमा ३३ रनको अग्रता बनाएको हो । अस्ट्रेलियालाई पहिलो इनिङमा २ सय ८६ रनमा समेटेको वेस्ट इण्डिज २ सय ५३ रनमा समेटिएको थियो ।
वेस्टइण्डिजका लागि ब्राण्डन किंगले ७५ रनको अर्धशतकीय इनिङ खेले । जोहन च्यापबेल ४०, शाइ होप २१, कप्तान रोस्टन चेस १६, अल्जारी जोसेफ २७ तथा शेमार जोसेफ २९ रनमा आउट भए ।
अस्ट्रेलियाका लागि नाथन लायनले ३ तथा कप्तान प्याट कमिसं र जोस हेजलवुडले समान २ तथा मिचेल स्टार्क, बेयु वेबस्टार र ट्राभिस हेडले समान १ विकेट लिए ।
शुक्रबार नै दोस्रो इनिङको सुरुवात गरेको अस्ट्रेलिया खराब स्थितीमा रहेको छ । दोस्रो दिनको खेल सकिदा अस्ट्रेलियाले २ विकेट गुमाउदा मात्र १२ रन जोडेको छ । अस्ट्रेलियाका क्यामरन ग्रिन र नाथन लायन क्रिजमा रहेका छन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियालले पहिलो इनिङमा २ सय ८६ रन बनाएको थियो । पहिलो टेस्ट टेस्टमा अस्ट्रेलियाले १ सय ५९ रनको फराकिलो जित हात पारेको थियो । ३ खेलको टेस्ट सिरिजमा अस्ट्रेलिया १० ले अघि छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]