default_image

5 months ago

July 5, 2025

विराटनगरद्वारा मार्कीमा सन्दीपलाई निरन्तरता

1192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली विराटनगर किंग्सले नेपाल राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछानेलाई मार्कीमा निरन्तरता दिएको छ ।

दोस्रो संस्करणको एनपिएलका लागि मार्कीमा सन्दीपलाई नै निरन्तरता दिएको विराटनगरले आफ्नो सामाजिक संजाल मार्फत जनाएको छ ।

पहिलो संस्करणमा विराटनगर मार्की खेलाडी सन्दीपकै कप्तानीमा खेलेको थियो । विराटनगरले पहिलो संस्करणमा ७ मध्ये २ खेल जित्दै छैटौं स्थानमा रहेको थियो । विराटनगरले रिटेन हुने अन्य खेलाडीको नाम चाडै नै सार्वजनिक गर्ने बताएको छ ।

एनपिएलमा सहभागी अन्य ७ टोलीले आफ्ना रिटेन खेलाडीको नाम सार्वजनिक गरिसकेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अगस्टमा दोस्रो संस्करणको एनपिएल मिनि अक्सन आयोजना गर्ने जनाएको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.