5 months ago
July 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि थप ५ खेलाडीलाई रिटेन गरेको छ।
विराटनगरले मार्की र कप्तान सन्दीप लामिछानेलाई यसअघि नै रिटेन गरिसकेको जानकारी गराएको थियो । विराटनगरले थप ५ रिटेन गरेको खेलाडीको नाम सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो ।
रिटेन हुने अन्य खेलाडीमा यु-१९ नेपाली राष्ट्रिय टोलीका कप्तान नरेन भट्ट, लोकेश बम, बसिर अहमद, प्रतिश जिसी र सुवास भण्डारी छन् ।

यसका साथै विराटनगरले ६ खेलाडीलाई रिलिज गरेको छ । दिपक बोहोरा, मिर्नाल गुरुङ, राजेश पुलामी मगर, जितेन्द्र मुखिया, अनिल खरेल र कमल खत्री रिलिज भएका छन् ।
रिटेन खेलाडी
सन्दीप लामिछाने
नरेन भट्ट
लोकेश बम
बसिर अहमद
प्रतिस जिशी
सुवास भण्डारी
रिलिज खेलाडी
दिपक बोहोरा
मिर्नाल गुरुङ
राजेश पुलामी मगर
जितेन्द्र मुखिया
अनिल खरेल
कमल खत्री
योसँगै एनपिएलमा सहभागी सबै ८ (जनकपुर बोल्ट्स, विराटनगर किंग्स, सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स र चितवन राइनोज) टोलीले रिटेन र रिलिज खेलाडीको नाम सार्वजनिक भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अगस्टमा एनपिएलको दोस्रो संस्करणका लागि अक्सनको आयोजना गर्दैछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]