5 months ago
July 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि थप ५ खेलाडीलाई रिटेन गरेको छ।
विराटनगरले मार्की र कप्तान सन्दीप लामिछानेलाई यसअघि नै रिटेन गरिसकेको जानकारी गराएको थियो । विराटनगरले थप ५ रिटेन गरेको खेलाडीको नाम सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो ।
रिटेन हुने अन्य खेलाडीमा यु-१९ नेपाली राष्ट्रिय टोलीका कप्तान नरेन भट्ट, लोकेश बम, बसिर अहमद, प्रतिश जिसी र सुवास भण्डारी छन् ।

यसका साथै विराटनगरले ६ खेलाडीलाई रिलिज गरेको छ । दिपक बोहोरा, मिर्नाल गुरुङ, राजेश पुलामी मगर, जितेन्द्र मुखिया, अनिल खरेल र कमल खत्री रिलिज भएका छन् ।
रिटेन खेलाडी
सन्दीप लामिछाने
नरेन भट्ट
लोकेश बम
बसिर अहमद
प्रतिस जिशी
सुवास भण्डारी
रिलिज खेलाडी
दिपक बोहोरा
मिर्नाल गुरुङ
राजेश पुलामी मगर
जितेन्द्र मुखिया
अनिल खरेल
कमल खत्री
योसँगै एनपिएलमा सहभागी सबै ८ (जनकपुर बोल्ट्स, विराटनगर किंग्स, सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स र चितवन राइनोज) टोलीले रिटेन र रिलिज खेलाडीको नाम सार्वजनिक भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अगस्टमा एनपिएलको दोस्रो संस्करणका लागि अक्सनको आयोजना गर्दैछ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]