5 months ago
July 5, 2025
एजेन्सी – भारतीय यु-१९ टोलीका सदस्य वैभब सुर्यवंशीले युथ ओडिआई क्रिकेटमा कीर्तिमानी शतक प्रहार गरेका छन् ।
इङ्ग्ल्याण्डविरुद्धको जारी ५ खेलको युथ ओडिआई सिरिजको चौथो खेलमा सबैभन्दा कम बलमा शतक पूरा गर्दै कीर्तिमान बनाएका हुन् । सुर्यवंशीले ५२ बलमा शतक प्रहार गरेका हुन् । उनले खेलमा ७८ बलमा १३ चौका र १० छक्काको सहयोगमा १ सय ४३ रन बनाए ।
सुर्यवंशी सबैभन्दा कम उमेरमा इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने खेलाडी समेत रहेका छन् । सुर्यवंशीले १४ वर्षकै उमेरमा सन् २०२५ को आइपिएलमा डेब्यु गरेका थिए । सुर्यवंशी आइपिएल इतिहासकै सबैभन्दा कम बलमा शतक बनाउने सुचीको दोस्रो स्थानमा रहेका छन् ।
आइपिएलमा राजस्थान रोयल्समा रहेका सुर्यवंशीले गुजरात टाइटन्सविरुद्ध ३२ बलमा नै शतक बनाएका थिए । सुर्यवंशीले सबैभन्दा कम उमेरमा आइपिएल शतक बनाएका थिए ।
सुर्यवंशीको सानदार शतकको सहयोगमा भारतले इङ्ग्ल्याण्डविरुद्धको चौथो युथ ओडिआई खेलमा ९ विकेट गुमाएर ३ सय ६३ रन बनाएको छ । पाँच खेलको सिरिजमा भारत २-१ ले अघि रहेको छ । इङ्ग्ल्याण्ड भ्रमणका क्रममा भारतले २ खेलको युथ टेस्ट पनि खेल्नेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]