5 months ago
July 5, 2025
एजेन्सी – भारतीय यु-१९ टोलीका सदस्य वैभब सुर्यवंशीले युथ ओडिआई क्रिकेटमा कीर्तिमानी शतक प्रहार गरेका छन् ।
इङ्ग्ल्याण्डविरुद्धको जारी ५ खेलको युथ ओडिआई सिरिजको चौथो खेलमा सबैभन्दा कम बलमा शतक पूरा गर्दै कीर्तिमान बनाएका हुन् । सुर्यवंशीले ५२ बलमा शतक प्रहार गरेका हुन् । उनले खेलमा ७८ बलमा १३ चौका र १० छक्काको सहयोगमा १ सय ४३ रन बनाए ।
सुर्यवंशी सबैभन्दा कम उमेरमा इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने खेलाडी समेत रहेका छन् । सुर्यवंशीले १४ वर्षकै उमेरमा सन् २०२५ को आइपिएलमा डेब्यु गरेका थिए । सुर्यवंशी आइपिएल इतिहासकै सबैभन्दा कम बलमा शतक बनाउने सुचीको दोस्रो स्थानमा रहेका छन् ।
आइपिएलमा राजस्थान रोयल्समा रहेका सुर्यवंशीले गुजरात टाइटन्सविरुद्ध ३२ बलमा नै शतक बनाएका थिए । सुर्यवंशीले सबैभन्दा कम उमेरमा आइपिएल शतक बनाएका थिए ।
सुर्यवंशीको सानदार शतकको सहयोगमा भारतले इङ्ग्ल्याण्डविरुद्धको चौथो युथ ओडिआई खेलमा ९ विकेट गुमाएर ३ सय ६३ रन बनाएको छ । पाँच खेलको सिरिजमा भारत २-१ ले अघि रहेको छ । इङ्ग्ल्याण्ड भ्रमणका क्रममा भारतले २ खेलको युथ टेस्ट पनि खेल्नेछ ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]