default_image

5 months ago

July 5, 2025

इङ्ग्ल्याण्डलाई विशाल लक्ष्य

767 views

0 Bookmark

एजेन्सी – पाहुना टोली भारतले दोस्रो टेस्ट जित्नका लागि घरेलु टोली इङ्ग्ल्याण्डलाई ६ सय ८ रनको विशाल लक्ष्य दिएको छ ।

पहिलो इनिङमा १ सय ८० रनको अग्रता बनाएको थियो । दोस्रो इनिङमा ४ सय २७ रन थप्दै भारतले इनिङ समाप्तीको घोषणा गरेपछि ६ सय ७ रनको अग्रता लिएको हो । भारतका लागि दोस्रो इनिङमा कप्तान शुभमन गिलले १ सय ६१ रनको शतकीय इनिङ खेले । गिलले पहिलो इनिङमा सानदार दोहोरो शतकीय इनिङ खेलेका थिए ।

ओपनर केएल राहुल, ऋषभ पन्त र रविन्द्र जडेजाले अर्धशतकीय इनिङ खेले । राहुल ५५ र पन्त ६५ रनमा आउट हुदा जडेजा ६९ रनमा अविजित रहे । यशस्वी जैसवाल २८ तथा करुण नायर २६ रनमा आउट भए ।

घरेलु टोलीका लागि जोस टंग र सोयब बसिरले समान २ तथा बायडेन कार्स र जो रुटले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ५ सय ८७ रन जोडेको थियो । पाँच खेलको टेस्ट सिरिजमा घरेलु टोली १० ले अघि रहेको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.