default_image

5 months ago

July 6, 2025

अस्ट्रेलिया अग्रता बढाउँदै

467 views

0 Bookmark

एजेन्सी – पाहुना टोली अस्ट्रेलियाले घरेलु टोली वेस्ट इण्डिजविरुद्धको दोस्रो टेस्टमा अग्रता बढाएको छ ।

तेस्रो दिन शनिवारको खेल सकिदा पाहुना टोलीले २ सय ५४ रनको अग्रता बनाएको छ । पहिलो इनिङमा ३३ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो इनिङमा ७ विकेटको क्षतिमा २ सय २१ रन थपेको छ

अस्ट्रेलियाका स्टिभ स्मिथले ७१ तथा क्यामरन ग्रिनले ५२ रनको अर्धशतकी इनिङ खेले। ट्राभिस हेड ३९ रनमा आउट भए । एलेक्स केरी २६ तथा कप्तान प्याट कमिंस ४ रनमा अविजित छन् ।

वेस्ट इण्डिजका लागि जयडेन सेल्स, शेमार जोसेफ र जस्टिन ग्रेभ्सले समान २ तथा अल्जारी जोसेफले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङमा २ सय ८६ रन बनाएको थियो ।

पहिलो इनिङमा वेस्ट इण्डिजले २ सय ५३ रन जोडेको थियो । तीन टेस्ट सिरिजमा अस्ट्रेलिया १-० ले अघि छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.