default_image

5 months ago

July 6, 2025

बंगलादेशसँग श्रीलंका पराजित

530 views

0 Bookmark

एजेन्सी – बंगलादेशले घरेलु टोली श्रीलंकालाई दोस्रो ओडिआईमा १६ रनले हराएको छ ।

आर. प्रेमदासा क्रिकेट स्टेडियम कोलम्बोमा शनिवारको खेल बंगलादेशले जितेपछि ३ ओडिआई सिरिजमा १-१ को बराबरीमा भएको छ । पहिलो ओडिआई श्रीलंकाले रोमाञ्चक ढंगले जितेको थियो ।

२ सय ४९ रनको लक्ष्य पछ्याएको घरेलु टोली ४८.५ ओभरमा २ सय ३२ रन अलआउट भयो। श्रीलंकाका कुशल मेन्डिस र जानिथा लियान्गाले अर्धशतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । जानिथा ८५ बलमा ७ चौका र २ छक्काको साथमा ७८ रन बनाए ।

मेन्डिसले ३१ बलमा ९ चौका र १ छक्काको सहयोगमा ५६ रन जोडे । कमिन्डु मेन्डिस ३३, वानिन्दु हसरंगा र दुस्मथा चमिरा समान १३ तथा निशान मधुशंका १७ रनमा आउट भए ।

बंगलादेश तम्भिर इस्लामले ५ विकेट लिने क्रममा १० ओभरमा ३९ रन खर्चिए । तान्जिम हसन सकिबले २ तथा मुस्ताफिजुर रहमान, मेहेदी हसन र शमिम होसैनले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको बंगलादेशले ४५.५ ओभरमा सबै विकेट गुमाएर २ सय ४८ रन जोड्यो । बंगलादेशका लागि प्रवेज हौसन र ताविड हृदयले अर्धशतक बनाए ।

ओपनर हौसनले ६९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६७ रन जोडे । हृदय ६९ बलमा २ चौकाको सहयोगमा ५१ रन बनाए।

जाकिर अलि २४, शमिम हौसन २४ तथा नजमुल हुसैन शान्तो १४ रनका आउट हुँदा तान्जिम हसन ३३ रनमा अविजित रहे ।

श्रीलंकाका आसिथा फर्नान्डोले ४, वानिन्दु हसरंगाले ३ तथा दुस्मथा चमिरा र चरिथ असलंकाले समान १ विकेट लिए । तेस्रो तथा अन्तिम ओडिआई खेल मंगलवार हुनेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.