5 months ago
July 6, 2025
एजेन्सी – भारतविरुद्ध जितको लागि विशाल लक्ष्य पछ्याएको घरेलु टोली इङ्ग्ल्याण्डले दोस्रो टेस्टको दोस्रो इनिङमा खराब सुरुवात गरेको छ ।
एजबास्टनमा जितका लागि ६ सय ८ रन विशाल लक्ष्य पाएको इङ्ग्ल्यान्डले चौथो दिन शनिवारको खेल सकिदा ७२ रन जोड्दा ३ विकेट गुमाएको छ ।
पाँचौ दिनको खेल बाँकी रहँदा घरेलु टोलीले ५ सय ३५ रनले पछि छ । भारतलाई जितको लागि बाँकी ७ विकेट लिन सक्नु पर्ने ।
घरेलु टोलीका ओली पोप २४ र ह्यारी ब्रुक १५ रनमा क्रिजमा छन् । त्यसअघि बेन डकेट २५, जो रुट ६ तथा ज्याक क्रली रनको खाता नखोल्दै आउट भए ।
पहिलो इनिङमा भारतले १ सय ८० रनको अग्रता लिएको थियो। दोस्रो इनिङमा ६ विकेटको नोक्सानीमा ४ सय २७ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गर्दा भारतले ६ सय ७ रन अग्रता लिएको थियो।
दोस्रो इनिङमा कप्तान शुभमन गिलले १ सय ६१ रनको शतकीय इनिङ खेले । गिलले पहिलो इनिङमा सानदार दोहोरो शतकीय इनिङ खेलेका थिए ।
ओपनर केएल राहुल, ऋषभ पन्त र रविन्द्र जडेजाले अर्धशतक बनाए । राहुलले ५५ र पन्तले ६५ रन जोडे। जडेजा ६९ रनमा अविजित रहे । यशस्वी जैसवाल २८ र करुण नायर २६ रनमा आउट भए ।
इङ्ग्ल्यान्डका जोस टंग र सोयब बसिरले समान २ तथा बायडेन कार्स र जो रुटले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ५ सय ८७ रन जोडेको थियो । इङ्ग्ल्यान्डले पहिलो इनिङमा ४ सय ७ रन बनाएको थियो। ५ टेस्ट सिरिजमा घरेलु टोली १-० ले अघि छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]