5 months ago
July 6, 2025
एजेन्सी – कप्तान वान मुल्दारको दोहोरो शतकमा दक्षिण अफ्रिका घरेलु टोली जिम्बाब्वेसँगको दोस्रो टेस्टको पहिलो इनिङमा विशाल योगफल अघि बढेको छ ।
बुलबायोमा टस हारेर ब्याटिङको निम्तो पाएको पाहुना टोलीले पहिलो दिन आइतवारको खेल सकिदा ४ विकेट गुमाएर ४ सय ६५ रनको योगफल तयार गरेको छ ।
कप्तान मुल्दार २ सय ६४ रनमा अविजित छन् । उनलाई १५ रनमा अविजित डिवाल्ड ब्रेबिसको साथ छ ।
त्यसअघि डेविड बेडिंगह्याम ८२ र लहुन डि प्रिटोरियस ७८ रन बनाए । घरेलु टोलीका लागि टनका चिभान्गाले २ तथा वेलिगंटन मासाकाट्जा र कुन्दाई मोटीगिमुले समान १ विकेट लिए ।
दुई टेस्टको सिरिजमा दक्षिण अफ्रिका १-० ले अघि छ । पहिलो टेस्टमा अफ्रिका ३ सय २८ रनले विजयी भएको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]