5 months ago
July 6, 2025
एजेन्सी – पाहुना टोली भारतले घरेलु टोली इङ्ग्ल्याण्डलाई दोस्रो टेस्टमा पराजित गरेको छ ।
आइतबार बर्मिघममा सम्पन्न दोस्रो टेस्टमा भारतले घरेलु टोलीलाई ३ सय ३७ रनले पराजित गरेको हो । जितसँगै पाँच खेलको टेस्ट सिरिज १-१ को बराबरीमा पुगेको छ । पहिलो टेस्ट घरेलु टोलीले ५ विकेटले जितेको थियो
६ सय ८ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोलीले २ सय ७१ रन मात्र बनाउन सक्यो । इङ्ग्ल्याण्डका लागि जेमी स्मिथले सर्वाधिक ८८ रन जोडे । बायडेन कार्स ३८, कप्तान बेन स्टोक्स ३३, ओपनर बेन डकेट २५, ओली पोप २४ तथा ह्यारी ब्रक २३ रनमा आउट भए ।
भारतका लागि आकाश दिपले टेस्ट करियरको पहिलो ६ विकेट पूरा गरे । उनले २१.१ ओभरमा ९९ रन खर्चिए । आकाशले यस खेलमा १० विकेट पूरा गरेका छन् । पहिलो इनिङमा उनले ४ विकेट लिएका थिए । मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, वासिंटन सुन्दर र रविन्द्र जडेजाले समान १ विकेट लिए ।
पहिलो इनिङमा भारतले १ सय ८० रनको अग्रता लिएको थियो । दोस्रो इनिङमा ६ विकेटको नोक्सानीमा ४ सय २७ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेपछि भारतले ६ सय ७ रन अग्रता लिएको थियो।
दोस्रो इनिङमा भारतका लागि कप्तान शुभमन गिलले १ सय ६१ रनको शतकीय इनिङ खेले । गिलले पहिलो इनिङमा सानदार दोहोरो शतकीय इनिङ खेलेका थिए ।
ओपनर केएल राहुल, ऋषभ पन्त र रविन्द्र जडेजाले अर्धशतक बनाए । राहुलले ५५ र पन्तले ६५ रन जोडे। जडेजा ६९ रनमा अविजित रहे । यशस्वी जैसवाल २८ र करुण नायर २६ रनमा आउट भए ।
इङ्ग्ल्यान्डका जोस टंग र सोयब बसिरले समान २ तथा बायडेन कार्स र जो रुटले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ५ सय ८७ रन जोडेको थियो । इङ्ग्ल्यान्डले पहिलो इनिङमा ४ सय ७ रन बनाएको थियो। दुई देशबीचको तेस्रो टेस्ट बिहिबारबाट लड्स क्रिकेट मैदानमा सुरु हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]