5 months ago
July 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा एसिसी यु-१६ इस्ट जोन कपको उपाधि जितेर नेपाली टोली आज स्वदेश फर्किएको छ।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, संघका सदस्य दिवाकर घले, सुदीप शर्मा, क्रिकेट म्यानेजर विनोद दास र यु-१९ टिमका प्रशिक्षक शक्ति गौचनले स्वागत गरे।
सिंगापुरलाई शनिवार २ विकेटले हराउँदै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो। नेपालले गत संस्करण भने मलेसियालाई हराउँदै उपाधि जितेको थियो।

कप्तान विपिन प्रसाद शर्माले टिम सुरुवात देखि नै उत्कृष्ट रहेको कारण यो नतिजा संभव भएको बताए। उनले सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको पनि बताए।
१७ विकेट लिंदै उत्कृष्ट बलर समेत बनेका विपिनले आफुले भन्दा रौनक श्रीवास्तव, शुभम खनाल, अभय यादव लगायतका खेलाडीहरूले राम्रो खेलेको बताए।
नेपालले उपाधिसँगै व्यक्तिगत अवार्डमा पनि क्लिन स्विप गरेको थियो। रौनक श्रीवास्तव प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट ब्याटर चुनिएका थिए। उनले ६ खेलमा २ सय ९६ रन बनाएका थिए। रौनकले आफ्नो प्रदर्शनबाट खुशी भएको बताए।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]