5 months ago
July 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- डिजिआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपाल टि टेन क्रिकेट नेपाल स्ट्रिट प्रिमियर लिग हुने भएको छ।
प्रतियोगिता असोज १५ गते देखि असोज २४ गते सम्म काठमाडौको तल्लो मुलपानी मैदानमा हुनेछ सोमवार पत्रकार सम्मेलनमा एनएसपिएलका अध्यक्ष ज्ञानु सिंहले जानकारी दिए ।
७ टोलीको सहभागिता रहने प्रतियोगितामा २४ खेल हुनेछन् । प्रतियोगितामा सिंगल राउन्ड रोबिन लिगका आधारमा हुने बताइएको छ । लिगको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रतियोगितामा सहभागिताको लागि टिम खरिद गर्नु पर्ने र खेलाडीको अक्सन पनि हुने बताइएको छ ।प्रतियोगिताको विजेता टोली २१ लाख र दोस्रो टोलीले ११ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताका अध्यक्ष ज्ञानु सिंहले यो लिगले उदीयमान प्रतिभाको लागि बलियो र समावेशी प्लेटफर्म निर्माण गरेर ग्रासरुट क्रिकेटलाई विकास गर्ने बताए ।
प्रतियोगिताले नेपालमा क्रिकेट खेलको विकासमा अझ टेवा पुग्ने उद्देश्य राखेको छ । स्ट्रिटदेखि स्टेडियमसम्म’ भन्ने नाराका साथ एनएसपिएलले देशभरका उदीयमान क्रिकेटरहरूलाई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउन प्लेटफर्म दिने उद्देश्य राखेको छ।
एनएसपिएलले अभिनेता निखिल उप्रेती लाई आफ्नो ब्राण्ड एम्बेसेडरको रुपमा घोषणा गरेको छ । उप्रेतीले ब्राण्ड एम्बेसेडरको रुपमा एनएसपिएलमा आबद्ध हुन पाउँदा खुसी र गर्व महसुस भएको बताए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]