5 months ago
July 8, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका वियान मुल्डरले ब्रायन लाराले टेस्ट क्रिकेटमा एकै इनिङमा सर्वाधिक व्यक्तिगत स्कोरको रेकर्ड कायम राख्नु उययुक्त भएको बताएका छन्।
पहिलो पटक दक्षिण अफ्रिकाको कप्तानी सम्हालिरहेका मुल्डरले जिम्बाब्वेविरुद्ध बुलावायोमा जारी दोस्रो टेस्टको दोस्रो दिनको खानाअघि ३ सय ६७ रनमा नटआउट रहँदा इनिङ समाप्तिको घोषणा गरे ।
वेस्ट इन्डिजका महान खेलाडी ब्रायन लाराको सन् २००४ मा इंग्ल्याण्डविरुद्ध एन्टिगामा बनाएको ४ सय रनको रेकर्डभन्दा मुल्डर ३३ रनपछि रहँदा उनले खेल रोकेका हुन् ।
२७ वर्षीय मुल्डरले टेस्ट क्रिकेटकै एक प्रतिष्ठित कीर्तिमान नतोड्ने निर्णय गर्दै दक्षिण अफ्रिकाको पहिलो इनिङमा ५ विकेटको नोक्सानीमा ६ सय २६ बनाउँदा इनिङ समाप्तिको मा घोषणा गरे। उनले यो निर्णय टोलीको हितमा भएको र लाराको ‘दिग्गज’ हैसियतप्रति सम्मान स्वरूप गरिएको बताए।
मुल्डरले भनेका छन् ,’सबैभन्दा पहिले, मलाई लाग्यो हामीले पर्याप्त रन बनाइसकेका छौं र अब बलिङ गर्नु जरुरी छ। दोस्रो ब्रायन लारा भनेको एक दिग्गज हुन्, त्यो त स्वीकार्नुपर्छ। उनले इंग्ल्याण्डविरुद्ध ४ सय रन बनाएका थिए, र त्यस्तो व्यक्तित्वको नाममा त्यो कीर्तिमान राख्नु साँच्चिकै विशेष हो।’
उनले भविष्यमा पनि त्यसमा ख्याल राखिने संकेत गरे।
‘यदि फेरि मौका आयो भने म फेरि यस्तै निर्णय लिन सक्छु। म हाम्रो प्रशिक्षक शुक्री कोनराडसँग कुरा गर्दै थिएँ, र उनले मलाई भने, ‘दिग्गजहरूले ठूल्ठूला स्कोर राखून्। मलाई के थाहा मेरो भाग्यमा के लेखिएको छ ।तर मलाई लाग्छ लाराले त्यो रेकर्ड राख्नु एकदमै ठीक हो।’
मुल्डर दक्षिण अफ्रिकाको तर्फबाट टेस्ट क्रिकेटमा तेहेरो शतक बनाउने दोस्रो खेलाडी हुन्। यसअघि हाशिम आमलाले २०१२ मा द ओभलमा इंग्ल्याण्डविरुद्ध नटआउट ३ सय ११ रन बनाएका थिए।
मुल्डरले २ सय ९७ बलमा ३ सय रन पूरा गरेका थिए । जुन टेस्ट क्रिकेटमा दोस्रो छिटो तेहेरो शतक को । त्यसअघि भारतका वीरेन्द्र सहवागले २ सय ७८ बलमा ३ सय रन पूरा गरेका थिए।
जारी टेस्टको ४ दिन बाँकी हुँदा पनि मुल्डरले रेकर्ड तोड्नबाट पछि हटेका थिए । जसले लाराप्रतिको सम्मान झल्काउँछ।
टेस्ट क्रिकेटमा ३ सय भन्दा माथिका व्यक्तिगत स्कोरहरू ३३ पटक बनिसकेको छ।

टेस्ट क्रिकेटमा सर्वाधिक व्यक्तिगत स्कोर
नटआउट ४ सय रन – ब्रायन लारा (वेस्ट इन्डिज) इंग्ल्याण्डविरुद्ध, एन्टिगा २००४
३ सय ८० रन – म्याथ्यु हेयडन (अस्ट्रेलिया) जिम्बाब्वेविरुद्ध, पर्थ २००३
३ सय ७५ रन – ब्रायन लारा (वेस्ट इन्डिज) इंग्ल्याण्डविरुद्ध, एन्टिगा १९९४
३ सय ७४ रन – माहेला जयवर्धने (श्रीलंका) दक्षिण अफ्रिकाविरुद्ध, कोलम्बो २००६
नटआउट ३ सय ६७ रन – वियान मुल्डर (दक्षिण अफ्रिका) जिम्बाब्वेविरुद्ध, बुलावायो २०२५
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]