5 months ago
July 8, 2025
सुमन अधिकारी, बुटवल
मलेसियाबाट एसिसी यु १६ स्टन जोन क्रिकेट कप जितेर फर्केको नेपाली युवा टोलीका सदस्य रौनक श्रीवास्तवलाई गृह जिल्ला कपिलवस्तुमा भव्य स्वागतसहित सम्मान गरिएको छ ।
रौनकलाई जिल्ला क्रिकेट संघ कपिलवस्तुको अगुवाईमा बाजागाजासहित तौलिहवा बजार परिक्रमा गराई स्वागत र सम्मान गरिएको थियो ।
र्यालीसहित बजार परिक्रमा पछि आयोजित कार्यक्रममा प्रदेश सभासद सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, प्रजिअ दिल कुमार तामाङ, क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरे लगायतले सम्मान गरेका थिए ।

त्यस अवसरमा मेयर सुदीप पौडेलले ५१ हजार रुपैयाँ, वडा नम्बर ३ का अध्यक्ष समेत रहेका क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरेले २५ हजार मुल्यको क्रिकेट ब्याट तथा संघको तर्फबाट ११ हजार रुपैयाँ रौनकलाई प्रदान गरे ।
रौनकका गुरु भारतमा रहेको एकेडेमीका मालिक बिवेक त्रिपाठीले रौनकको क्रिकेटमा राम्रो भबिष्य देखेको बताउँदै उसलाई थप प्रशिक्षणको अवश्यक रहेको बताए ।
नेपाल क्रिकेट संघका पूर्व केन्द्रिय सचिव प्रशान्तबिक्रम मल्लले रौनक क्रिकेटको हिरा भएको भन्दै थप प्रशिक्षणकालागि आफूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए । रौनकलाई शिवराज नगरपालिकाले चन्द्रौटामा स्वागत र सम्मान गरेको थियो ।

त्यस अवसरमा बोल्दै रौनकले आफुले यो सफलता प्राप्त गर्न अभिभावक र गुरुहरुको लगानी तथा क्रिकेट संघको सहयोग रहेको बताएका थिए ।
रौनकले प्रतियोगिताको एकै इनिङमा १ सय ६८ रन बनाएक थिए । उनी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटार घोषित भएका थिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]