default_image

5 months ago

July 8, 2025

एसिसी यु १६ का सर्वोत्कृष्ट रौनकलाई स्वागतसहित सम्मान

1023 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

मलेसियाबाट एसिसी यु १६ स्टन जोन क्रिकेट कप जितेर फर्केको नेपाली युवा टोलीका सदस्य रौनक श्रीवास्तवलाई गृह जिल्ला कपिलवस्तुमा भव्य स्वागतसहित सम्मान गरिएको छ ।

रौनकलाई जिल्ला क्रिकेट संघ कपिलवस्तुको अगुवाईमा बाजागाजासहित तौलिहवा बजार परिक्रमा गराई स्वागत र सम्मान गरिएको थियो ।

र्यालीसहित बजार परिक्रमा पछि आयोजित कार्यक्रममा प्रदेश सभासद सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, प्रजिअ दिल कुमार तामाङ, क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरे लगायतले सम्मान गरेका थिए ।

त्यस अवसरमा मेयर सुदीप पौडेलले ५१ हजार रुपैयाँ, वडा नम्बर ३ का अध्यक्ष समेत रहेका क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरेले २५ हजार मुल्यको क्रिकेट ब्याट तथा संघको तर्फबाट ११ हजार रुपैयाँ रौनकलाई प्रदान गरे ।

रौनकका गुरु भारतमा रहेको एकेडेमीका मालिक बिवेक त्रिपाठीले रौनकको क्रिकेटमा राम्रो भबिष्य देखेको बताउँदै उसलाई थप प्रशिक्षणको अवश्यक रहेको बताए ।

नेपाल क्रिकेट संघका पूर्व केन्द्रिय सचिव प्रशान्तबिक्रम मल्लले रौनक क्रिकेटको हिरा भएको भन्दै थप प्रशिक्षणकालागि आफूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए । रौनकलाई शिवराज नगरपालिकाले चन्द्रौटामा स्वागत र सम्मान गरेको थियो ।

त्यस अवसरमा बोल्दै रौनकले आफुले यो सफलता प्राप्त गर्न अभिभावक र गुरुहरुको लगानी तथा क्रिकेट संघको सहयोग रहेको बताएका थिए ।

रौनकले प्रतियोगिताको एकै इनिङमा १ सय ६८ रन बनाएक थिए । उनी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटार घोषित भएका थिए ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.