5 months ago
July 9, 2025
एजेन्सी – कुशल मेन्डिसको शतक सहयोगमा श्रीलंकाले पाहुना टोली बंगलादेशविरुद्धको ओडिआई सिरिज जितेको छ ।
तेस्रो तथा निर्णायक ओडिआईमा ९९ रनको जित निकाल्दै श्रीलंकाले सिरिज २-१ ले आफ्नो पक्षमा पार्यो । पहिलो ओडिआई श्रीलंकाले ७७ रनले र दोस्रो बंगलादेशले १६ रनले जितेको थियो ।
२ सय ८६ रनको लक्ष्य पछ्याएको बंगलादेश ३९.४ ओभरमा १ सय ८६ रनमा अल आउट भयो ।बंगलादेशका तौहिद हृदयले ७८ बलमा ४ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ५१ रन जोडे ।
प्रभेज हौसन र मेहेदी हसन मिराज समान २८, जाकिर अलि २७, तान्जिद हसन १७ तथा शमिम हौसन १२ रनमा आउट भए ।
श्रीलंकाका दुस्मथा चमिरा र आसिथा फर्नान्डोले समान ३ तथा दुनिथ बिल्लालागे र वानिन्दु हसरंगाले समान २ विकेट लिए ।
त्यसअघि पाल्लिखेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८५ रनको योगफल तयार गरेको थियो ।

श्रीलंकाका लागि कुशलले १ सय १४ बलमा १८ चौकाको सहयोगमा १ सय २४ रनको शतकीय इनिङ खेले । कप्तान चरिथ असलंका ६८ बलमा ९ चौकाको सहयोगमा ५८ रन बनाए।
ओपनर पथुम निशंका ३५, कमिन्डु मेन्डिस १६ तथा जानिथ लियान्गा १२ रनमा आउट भए । बंगलादेशका लागि कप्तान मेहेदी हसन मिराज र तस्किन अहमदले समान २ तथा तान्जिम हसन साकिब, तन्भिर इस्लाम र शमिम होसैनले समान १ विकेट लिए ।
यी दुई टोलीबीचको २ टेस्टकल सिरिजमा श्रीलंका १-० ले जितेको थियो । अब ३ टि ट्वान्टी आई सिरिज बिहीवार सुरु हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]