5 months ago
July 9, 2025
एजेन्सी – दक्षिण अफ्रिकाले कप्तान वियान मुल्डरको कीर्तिमानी तेहेरो शतकमा घरेलु टोली जिम्बाब्वेविरुद्धको टेस्ट सिरिज जितेको छ ।
दोस्रो टेस्टमा मंगलवार इनिङ र २ सय ३६ रनले जित्दै सिरिज दक्षिण अफ्रिकाले सिरिज २-० ले आफ्नो पक्षमा पार्यो ।
दक्षिण अफ्रिकाले पहिलो इनिङमा ५ विकेट गुमाएर ६ सय २६ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो । त्यसपछि जिम्बाब्वे पहिलो इनिङमा १ सय ७० रनमा समेटिए पछि फलोअनमा परेको थियो ।
लगत्तै दोस्रो इनिङको सुरुवात गरेको जिम्बाब्वे २ सय २० रनमा अलआउट भएपछ दक्षिण अफ्रिकाले फराकिलो निकालेको हो ।
मुल्डर टेस्ट क्रिकेटको एकै इनिङमा सर्वाधिक व्यक्तिगत रन बनाउँनेमा पाँचौ स्थानमा रहे । टेस्टमा एकै इनिङमा बनाएको सर्वाधिक रन वेस्ट इण्डिजका ब्रायन लाराको नाममा रहेको छ । लाराले सन् २००४ मा इङ्ग्ल्याण्डविरुद्ध अविजित ४ सय रन बनाएका थिए ।
मुल्डर कम बलमा ३ सय रन पूरा गर्ने दोस्रो खेलाडी बने । उनले २ सय ९७ बलमा ३ सय रन पूरा गरेका थिए । यो सूचीको पहिलो स्थानमा रहेका भारतका वीरेन्द्र सेहवागले २ सय ७८ बलमा ३ सय रन पूरा गरेका थिए ।
मुल्डर कप्तानको रुपमा एकै इनिङमा ३ सय रन पूरा गर्ने पहिलो क्रिकेटर समेत बनेका छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]