default_image

5 months ago

July 10, 2025

एसीसी यु–१६ कप विजेता खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान

671 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

लुम्बिनी प्रदेश खेलकुद परिषदले एसीसी मेन्स यु-१६ इस्टन जोन कपको विजेता नेपाली टोली दुई खेलाडी शुभम खनाल र रौनक श्रीवास्तव तथा सहायक प्रशिक्षक पुरणसिंह खत्री लाई नगदसहित सम्मान गरेको छ ।

परिषद्ले प्रदेश राजधानी देउखुरीमा बिहिवार कार्यक्रमको आयोजना गरि प्रति खेलाडी १ लाख र सहायक प्रशिक्षकलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनराज गौतमले यु–१६ इस्टन जोन कपको विजेता नेपाली टिमका सदस्इ दाङ लमही नगरपालिका वडा नम्बर ५ निवासी शुभम र कपिलबस्तु कृष्णनगर निवासी रौनक तथा सहायक प्रशिक्षक दाङ घोराही उपमहानगरपालिका निवासी खत्रीलाई सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष प्रदीप मजगैयाँ, नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव कैलाश रोका मगरलगायतले लुम्बिनी प्रदेशबाट राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रर्दशन गर्न सफल दुबै खेलाडीलाई आगामी दिनमा सिनियर राष्ट्रिय टोलीमा पर्ने गरि आफुलाई नियमित खेलमा सक्रिय रहन आग्रह गरेका थिए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव गौतमले खेल क्षेत्रको विकास र खेलाडीमा उत्साह थप्नका लागि सम्मान कार्यक्रम आयोजना गरिएको बताउँदै प्रदेश सरकारले सबै खेललाई समान दृष्टिकोणले हेर्ने बताएका थिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.