5 months ago
July 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाइ काठमाडौं गोर्खाजको प्रशिक्षकमा नियुक्त भएका छन् ।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको लागि काठमाडौंले देसाइलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको आफ्नो सामाजिक संजालमार्फत जनाएको छ ।
एनपिएलको पहिलो संस्करणमा बसन्त शाही ठकुरी काठमाडौंको प्रमुख प्रशिक्षक थिए । काठमाडौंका नवनियुक्त मुख्य प्रशिक्षक देसाईले नेपाल आफ्नो मनमा विशेष रुपमा रहेको बताएका छन् ।
टियु क्रिकेट मैदानमा समर्थकलाई भेट्न आफु उत्सुक रहेको देसाइले बताएका छन् । काठमाडौंले यस संस्करणका लागि मार्की तथा कप्तान करण केसी, भीम सार्की, राशिद खान, दीपेश कंडेल, शाहब आलम र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ ।
काठमाडौं पहिलो संस्करणमा ७ खेलमा ४ खेल जितेर पाँचौं स्थानमा रहेको थियो ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]