default_image

5 months ago

July 10, 2025

सन्दीप डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

599 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् ।

क्लोथिङ ब्राण्ड डेनिम एण्ड डेभिलका तर्फबाट सिइओ धनश्याम काफ्ले र सन्दीपले बिहीवार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अवधी ३ वर्षको रहेको सिइओ काफ्लेले जानकारी दिए । सम्झौताको आर्थिक पाटो भने दुवै पक्षले खुलाएको छैन ।

‘उहाँहरुसँग मेरो लामो स्टोरी छ । सन् २०१८ मा घनश्याम दाईसँग मिटिङ भएपछि सहकार्य भयो । त्यो यात्रा आफैँमा सुन्दर थियो । धेरै रमाइला पलहरु छन् । खुशीको क्षण छ । आफुलाई पनि गर्व लाग्छ यो ब्राण्ड यहाँसम्म पुग्दा । मलाई एज ए फेमिली जस्तै गर्नुभएको छ,’ सन्दीपले भने ।

सिइओ काफ्लेले सन्दीपसँग यसअघि पनि सहकार्य गरेको र यो दोस्रो पटक सहकार्य रहेको जानकारी दिए ।

‘धेरै अगाडि नै यो कार्यक्रम आयोजना गर्ने कोसिसमा थियौँ तर विभिन्न कारणले गर्दा हुन सकेन । ढिलै भएपनि हाम्रो सहकार्य अघि बढेको छ,’ काफ्लेले सम्झौता कार्यक्रममा भने,’आज हाम्रो साइनिङ सेरेमोनी भन्दा पनि रिसाइनिङ सेरेमोनी हो । हाम्रो ब्राण्डको पहिले एम्बासडर नै सन्दीप हुनुहुन्थ्यो । बिचमा केही कारणले रोकियो । फेरि हाम्रो यात्रा सुरु भएको छ ।’

काफ्लले सन्दीप आफैमा ब्राण्ड भएकोले उनलाई नियुक्त गर्दा ब्राण्डलाई अघि बढाउन पनि सहयोग पुग्ने बताए । ‘सन्दीपको बारेमा धेरै भनिरहनुपर्दैन । उहाँ आफैँमा एक ब्राण्ड हुनुहुन्छ । सानै उमेरमा नेपाललाई विश्वमा चिनाउने खेलाडी हो,’ उनले भने ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.