default_image

5 months ago

July 10, 2025

सन्दीप डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

590 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् ।

क्लोथिङ ब्राण्ड डेनिम एण्ड डेभिलका तर्फबाट सिइओ धनश्याम काफ्ले र सन्दीपले बिहीवार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अवधी ३ वर्षको रहेको सिइओ काफ्लेले जानकारी दिए । सम्झौताको आर्थिक पाटो भने दुवै पक्षले खुलाएको छैन ।

‘उहाँहरुसँग मेरो लामो स्टोरी छ । सन् २०१८ मा घनश्याम दाईसँग मिटिङ भएपछि सहकार्य भयो । त्यो यात्रा आफैँमा सुन्दर थियो । धेरै रमाइला पलहरु छन् । खुशीको क्षण छ । आफुलाई पनि गर्व लाग्छ यो ब्राण्ड यहाँसम्म पुग्दा । मलाई एज ए फेमिली जस्तै गर्नुभएको छ,’ सन्दीपले भने ।

सिइओ काफ्लेले सन्दीपसँग यसअघि पनि सहकार्य गरेको र यो दोस्रो पटक सहकार्य रहेको जानकारी दिए ।

‘धेरै अगाडि नै यो कार्यक्रम आयोजना गर्ने कोसिसमा थियौँ तर विभिन्न कारणले गर्दा हुन सकेन । ढिलै भएपनि हाम्रो सहकार्य अघि बढेको छ,’ काफ्लेले सम्झौता कार्यक्रममा भने,’आज हाम्रो साइनिङ सेरेमोनी भन्दा पनि रिसाइनिङ सेरेमोनी हो । हाम्रो ब्राण्डको पहिले एम्बासडर नै सन्दीप हुनुहुन्थ्यो । बिचमा केही कारणले रोकियो । फेरि हाम्रो यात्रा सुरु भएको छ ।’

काफ्लले सन्दीप आफैमा ब्राण्ड भएकोले उनलाई नियुक्त गर्दा ब्राण्डलाई अघि बढाउन पनि सहयोग पुग्ने बताए । ‘सन्दीपको बारेमा धेरै भनिरहनुपर्दैन । उहाँ आफैँमा एक ब्राण्ड हुनुहुन्छ । सानै उमेरमा नेपाललाई विश्वमा चिनाउने खेलाडी हो,’ उनले भने ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.