5 months ago
July 10, 2025
एजेन्सी – घरेलु टोली श्रीलंकाले पहिलो टि ट्वान्टी आईमा बंगलादेशलाई ७ पराजित गरेको छ ।
शजको खेल जितेपछि घरेलु टोलीले ३ टि ट्वान्टी आईको सिरिजमा १-० को अग्रता बनाएको छ ।
१ सय ५५ रनको लक्ष्य श्रीलंकाले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाको जितमा कुशल मेन्डिसले अर्धशतकीय इनिङ खेले । कुशलले ५१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ७३ रन जोडे ।
पथुम निशंका १६ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४२ रनमा आउट भए । कुशल परेरा २४ रनमा आउट हुँदा अबिष्का फर्नान्डो ११ रनमा अविजित रहे ।
बंगलादेशका लागि मोहम्मद सैफुदिन, मेहेदी हसन मिराज र रिशाद हुसैनले समान १ विकेट लिए ।
त्यसअघि पाल्लीखेले क्रिकेट स्टेडियममा टस हारेर बलिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५४ रन जोडे ।
बंगलादेशका प्रभेज हुसैन २२ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३८ रन बनाउदै आउट भए ।
मोहम्मद नैइम २९ बलमा १ चौका र १ छक्काको सहयोगमा ३२ रनमा अविजित रहे । मेहेदी हसन मिराज २९ तथा तान्जिद हसन १६ रनमा आउट भए ।
श्रीलंकाका लागि महेश तिक्सेनाले २ तथा दासुन शनका, नुवान तुसारा र जेफ्री भण्डिरसेले समान १ विकेट लिए । दोस्रो टि ट्वान्टी आई आइतवार हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]