5 months ago
July 10, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले भारतविरुद्ध तेस्रो टेस्टमा मध्यम सुरुवात गरेको छ ।
लड्समा टस जितेर पहिले ब्याटिङ गरिरहेको इङ्ग्ल्याण्डले पहिलो दिनको खेल सकिँदा ४ विकेट गुमाएर २ सय ५१ रन बनाएको छ ।
घरेलु टोलीका जो रुट ९९ रन र कप्तान बेन स्टोक्स ३९ रनमा अविजित छन् । त्यसअघि ओली पोप ४४, ओपनर बेन डकेट २३, ज्याक क्रली १८ तथा ह्यारी ब्रुक ११ रन बनाए।
भारतका लागि नितिसकुमार रेड्डीले २ तथा जसप्रित बुमराह र रविन्द्र जडेजाले समान १ विकेट लिएका थिए ।
५ टेस्टको सिरिजमा १- १ को बराबरी छ । पहिलो टेस्टमा इङ्ग्ल्याण्ड र दोस्रोमा भारत विजयी भएको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]