default_image

5 months ago

July 11, 2025

‘एनपिएल रोक्नका लागि मेरो संलग्नता छ भन्नु गलत’ – खेलकुद मन्त्री चौधरी

1007 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) रोक्नका लागि आफ्नो‌ संलग्नता नरहेको प्रष्ट पारेका छन्।

‘नेपाल सरकारले एनपिएलको दोस्रो संस्करण नियमानुसार आयोजक संस्थाबाटै संचालन हुने अपेक्षा राखेको अवस्थामा सो संस्करण रोक्नका लागि मेरो संलग्नता भएको भनि प्रचार गरिनु गलत विषय हो ‘ खेलकुद मन्त्री चौधरीले शुक्रवार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एनपिएल राष्ट्रिय गौरवको विषय भएको र त्यसको आयोजनाले निरन्तरता पाउनुपर्नेमा जोड दिएका थिए। छानबिन समिति गठन गरेर एनपिएल रोक्नु भन्ने पत्राचार भएको छ‌ नि भन्ने हाम्रो खेलकुदको प्रश्नमा प्रधानमन्त्री ओलीले छानबिन पनि चल्दै गर्ने र एनपिएल पनि हुँदै गर्ने जवाफ दिएका छन् । एनपिएलको विषयमा प्रधानमन्त्री ओलीको धारणा सार्वजनिक भएको भोलिपल्ट खेलकुद मन्त्री चौधरीले विज्ञप्ति जारी गरेका हुन् ।

एनपिएलका विषयमा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषदका अध्यक्षको नाम जोडेर विभिन्न संचार माध्यममा आएको समाचार प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको पनि उनले बताएका छन्।

“नेपालमा खेलप्रेमीलाई उत्साह, खेलाडीलाई अवसर सिर्जना गरेको एनपिएलको पहिलो संस्करणमा आयोजक संस्था नेपाल क्रिकेट संघ ( क्यान) को आन्तरिक आर्थिक कारोबार लगायतका विषयमा श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाण्डौमा उजुरी परेको विषय छानबिन गर्नका लागि तहाँवाट पत्राचार भए बमोजिम नियमानुसार गठित छानविन कार्यदल मार्फत छानविन भएको, सो कार्यदलले तयार गरेको छानबिन प्रतिवेदन मिति २०८२/०३/२५ गते बुझाइसकेको अवस्थामा उक्त विषयलाई अतिरन्जित गर्ने कार्य हुनु दुःखद हो ।कार्यदलले बुझाएको प्रतिवेदन मन्त्रालयले अध्ययन गर्ने र कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाउने छ ‘ विज्ञप्तिमा भनिएको छ।

एनपिएलको आगामी संस्करण निरन्तरताकै पक्षमा छानबिन कार्यदलको प्रतिवेदनमा समेत उल्लेख भएको अवस्थामा यस्ता गलत प्रचार नगरिदिन पनि उनले आग्रह गरेका छन्।

‘खेल संघ/महासंघ भित्रको आर्थिक, प्रशासनिक गतिविधि पारदर्शी र प्रचलित कानुन नियमानुसार हुनुपर्ने सम्बन्धमा आफू सदैव रहेको पुनः स्मरण गराउँदै अतिरञ्जित विषयलाई निस्तेज बनाउन सबै पक्षको सहकार्यको समेत अपेक्षा राखेको छु , विज्ञप्तिमा उल्लेख छ।

क्यानले एनपिएलको दोस्रो संस्करणको तयारी सुरु गरिसकेको बताइएको छ। एनपिएलका ८ टोलीले पनि यसअघि टोलीमा रहेका खेलाडीलाई रिटेन र रिलिज गरिसकेका छन्। पहिलो संस्करणमा जनकपुर बोल्ट्सले जितेको थियो।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.