default_image

5 months ago

July 11, 2025

सुशीललाई सुदूरपश्चिम रोयल्सको सहयोग

694 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले यु १६ राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सुशील रावललाई अभ्यासका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

एनपिएलको पहिलो सिजनमा सुदूरपश्चिम रोयल्सले सन्चालन ‘ट्यालेन्ट हन्ट’ बाट छनोट गरिएका ८ जना ‘हिरो’ मध्ये सुशील एक हुन्।

गत साता मलेसियामा सम्पन्न एसिसी यु १६ इस्ट जोन कपमा नेपाल च्याम्पियन बन्दा सुशील टोलीका सदस्य थिए।

सहयोग हस्तान्तरणपछि सुदूरपश्चिम रोयल्सका सिइओ प्रकाश खड्काले भने,’ हाम्रो ट्यालेन्ट हन्टबाट छनोट गरिएका खेलाडीले उमेर समूहको राष्ट्रिय टिमसम्म स्थान बनाउनु गर्वको कुरा हो। सुशील जस्ता प्रतिबद्ध र अनुशासित खेलाडीलाई सहयोग गर्न पाउनु हामी सबैका लागि प्रेरणादायी छ।’

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.