default_image

5 months ago

July 11, 2025

सचिन र सुशीललाई एसपिए कलेजको सम्मान

630 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)- धनगढीमा रहेको एसपिए कलेजले सुदूरपश्चिमका क्रिकेट खेलाडी सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान गरेको छ।

कलेजमा आज भएको कार्यक्रममा उनीहरूलाई जनही २५ हजार रुपैयाँ पुरस्कारका साथै मास्टर्स तहसम्मको अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदानको घोषणा गरेको छ ।

मलेसियामा सम्पन्न एसिसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन हुँदा सचिन र सुशील टोलीका सदस्य थिए।

एसपिए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय गौतमले विभिन्न विधामा उत्कृष्ट प्रतिभाहरूलाई सम्मान गर्ने कलेजको निरन्तर अभ्यास अन्तर्गत होनहार खेलाडी सचिव र सुशीललाई सम्मान गर्न पाउँदा गर्व लागेको बताए।

‘कलेजले प्रदान गरेको यो आजीवन छात्रवृत्तिले राष्ट्रका लागि समर्पित खेलाडीहरूलाई थप हौसला मिल्नेछ भन्ने हाम्रो विश्वास छ। उनीहरूलाई उज्ज्वल भविष्यका लागि शुभकामना छ,’ उनले भने।

सचिन र सुशीलले मलेसियाबाट फर्कँदा एसपीए कलेजले धनगढी विमानस्थलमै स्वागत गरी सयौँ विद्यार्थीहरूको उपस्थितिमा सम्मान गरेको अनुभव सुनाउँदै यसले उनीहरूलाई मात्र नभई क्रिकेटमा भविष्य देखिरहेका अन्य धेरै खेलाडीहरूलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.