5 months ago
July 11, 2025
धनगढी (हाम्रो खेलकुद)- धनगढीमा रहेको एसपिए कलेजले सुदूरपश्चिमका क्रिकेट खेलाडी सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान गरेको छ।
कलेजमा आज भएको कार्यक्रममा उनीहरूलाई जनही २५ हजार रुपैयाँ पुरस्कारका साथै मास्टर्स तहसम्मको अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदानको घोषणा गरेको छ ।
मलेसियामा सम्पन्न एसिसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन हुँदा सचिन र सुशील टोलीका सदस्य थिए।

एसपिए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय गौतमले विभिन्न विधामा उत्कृष्ट प्रतिभाहरूलाई सम्मान गर्ने कलेजको निरन्तर अभ्यास अन्तर्गत होनहार खेलाडी सचिव र सुशीललाई सम्मान गर्न पाउँदा गर्व लागेको बताए।
‘कलेजले प्रदान गरेको यो आजीवन छात्रवृत्तिले राष्ट्रका लागि समर्पित खेलाडीहरूलाई थप हौसला मिल्नेछ भन्ने हाम्रो विश्वास छ। उनीहरूलाई उज्ज्वल भविष्यका लागि शुभकामना छ,’ उनले भने।
सचिन र सुशीलले मलेसियाबाट फर्कँदा एसपीए कलेजले धनगढी विमानस्थलमै स्वागत गरी सयौँ विद्यार्थीहरूको उपस्थितिमा सम्मान गरेको अनुभव सुनाउँदै यसले उनीहरूलाई मात्र नभई क्रिकेटमा भविष्य देखिरहेका अन्य धेरै खेलाडीहरूलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]