5 months ago
July 12, 2025
एजेन्सी – युरोपेली देश इटालीले पहिलो पटक टि ट्वान्टी विश्व कपमा छनोट भएको छ।
युरोपेली क्षेत्रीय छनोटको शुक्रवार भएको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग ९ विकेटले पराजित भए रन रेटमा जर्सीलाई पछि पारेर इटाली पहिलो पटक विश्व कप पुग्न सफल भएको हो ।
इटालीलाई पराजित गरेको नेदरल्याण्ड्सले पनि विश्वकपमा स्थान पक्का गरेको छ ।

युरोपेली क्षेत्रीय छनोटमा ५ राष्ट्रको सहभागिता रहेको थियो । सिंगल राउन्डमा भएको प्रतियोगिताको शीर्ष २ देशले विश्वकपमा स्थान बनाएका हुन् ।
नियमित दाबेदार स्कटल्याण्ड भने इटाली र जर्सीसँगको हारपछि छनोटबाट बाहिरिएको हो ।
इटाली र नेदरल्याण्ड्सको छनोटसँगै आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टि ट्वान्टी विश्वकपमा १५ देशको छनोट भइसकेको छ । टि ट्वान्टी विश्वकपमा २० टोलीको सहभागिता रहने छ ।
विश्वकपमा छनोट यसप्रकार भएको छ :
आयोजक (भारत र श्रीलंका) – २
सन् २०२४ को टि ट्वान्टी विश्वकपको सुपर ८ मा पुगेका ७ राष्ट्र ( ८ मध्येको १ राष्ट्र भारत आयोजकका रुपमा छनोट भईसकेकोले ७ टोलीमा अफगानिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, बंगलादेश, इङ्ग्ल्याण्ड, अमेरिका, वेस्ट इण्डिज) – ७
३० जुन २०२४ सम्मको टि ट्वान्टी वरीयताका आधारमा (न्युजिल्याण्ड, पाकिस्तान र आयरल्याण्ड) – ३
अमेरिका क्षेत्रीय छनोट क्यानडा – १
युरोप क्षेत्रीय छनोट (इटाली र नेदरल्याण्ड्स) – २
अफ्रिका छनोट २१ सेप्टेम्बरबाट सुरु हुने यसबाट २ मुलुक छनोट हुनेछन् । नेपालसमेत सहभागी रहने एसियाली तथा पुर्वी एसियाली छनोट ८ अक्टोबरबाट सुरु भई ३ टोली छनोट हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]