default_image

5 months ago

July 12, 2025

नेपालसँग खेल्ने पाकिस्तान ‘ए’ को टोली घोषणा

5191 views

0 Bookmark

एजेन्सी – नेपालसँग टप इण्ड टि ट्वान्टी सिरिजमा खेल्ने पाकिस्तान ‘ए’ टोलीको घोषणा भएको छ ।

टप इण्ड कपका अर्को महिना अस्ट्रेलियामा हुनेछ। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले शनिवार मोहम्मद इरफान खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

लगातार तेस्रो पटक सिरिजमा भाग लिन लागेको पाकिस्तान ‘ए’ गत संस्करणको सेमिफाइनलमा एडिलेट स्ट्राइकरको एकेडेमी टोलीसँग पराजित भएको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोली र पाकिस्तान ‘ए’ बीचको खेल २२ अगस्टमा छ । सिरिज अगस्ट १४ देखि २४ डार्विन आयोजना हुनेछ । सिरिजमा नेपालसहित ९ टोलीको सहभागिता रहने छ ।

एनटीको आयोजनामा हुने सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपाल, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।

त्यस्तै सिरिजमा बिगबास लिग (बिबिएल) का हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीहरु सहभागी हुने छन् । स्थानिय दुई टोली प्रतियोगितामा सहभागिता रहने बताइएको छ ।

खेलतालिका अनुसार खेलहरु पाँच वटा स्थानिय मैदानमा हुनेछ । अगस्ट १४ मा पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ को बीचमा उद्घाटन खेल हुनेछ ।

खेल तालिका अनुसार नेपालको पहिलो खेल अगस्ट १५ (साउन ३०) मा नर्दन टेरिटोरी स्ट्राईकसँग खेल्ने छ ।

दोस्रो खेलमा नेपालले १६ अगस्ट मा बंगलादेश ‘ए’ टिमसँग खेल्नेछ । तेस्रो खेलमा मेनवर्न स्टारको एकेडेमी टिमसँग १८ अगस्ट (२ भदौ) मा बिहान हुनेछ।

चौथो खेलमा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग १९ अगस्ट (भदौ ३) खेल्नेछ । पाँचौ खेल २० अगस्ट (भदौ ४) मा मेलवर्न रेनेगट्सको एकेडेमी टोलीसँग खेल्नेछ । छैटौं खेलमा अगस्ट २२(भदौ ६) मा पाकिस्तान ‘ए’ टोलीसँग खेल्नेछ ।

नेपालले समूह चरणमा ६ खेल खेल्नेछ । लिग चरणको शीर्ष ४ मा रहने टोलीका बीचमा सेमिफाइनल हुनेछ । सेमिफाइनल र फाइनलका खेल २४ अगस्ट (भदौ ८) मा हुनेछ ।

पाकिस्तान ‘ए’ टोली

मोहम्मद इफ्रान खान (कप्तान), अब्दुल समाद, अहमद दानियाल, फैसल अक्रम, हैदर अलि, माज सदकत, मेहरान मुम्ताज, खाज्वा नाफाय, घाजी घोरी, मुबासिर खान, साद मक्सुद, मोहम्मद सलमान, शाहिद अजिज, उबैद साह र यासिर खान

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.