5 months ago
July 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गरेर रजिस्ट्रेसन खुला भएको जानकारी गराएको हो । क्यानका अनुसार एनपिएलका ८ टोलीबाट रिलिज भएका र नयाँ खेलाडीहरुले रजिस्ट्रेसन गर्न पाउने छन् ।

खेलाडीहरुले ए, बी र सी मध्ये जुनसकै श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्नेछन् । खेलाडीले साउन ६ गतेसम्म दर्ता गर्न सक्ने छन् । खेलाडी रजिस्ट्रेसनका लागि १ हजार रुपैयाँ शुल्क लाग्नेछ ।
क्यानको बार्षिक क्यालेन्डर अनुसार एनपिएलको मिनी अक्सन अगस्ट महिनामा आयोजना हुने तयारी छ । एनपिएलको मिति नतोकिए पनि नोभेम्बर र डिसेम्बर लिगका लागि सम्भावित समय रहेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]