default_image

5 months ago

July 13, 2025

भारतले बराबरी गर्यो

843 views

0 Bookmark

एजेन्सी – भारतले घरेलु टोलो इङग्ल्याण्डविरुद्ध तेस्रो टेस्टको पहिलो इनिङमा बराबरी गरेको छ ।

तेस्रो टेस्टको पहिलो इनिङमा पाहुना टोली ३ सय ८७ रनमा अल आउट भएको हो । त्यसअघि इङ्ल्याण्डले पहिलो इनिङमा ३ सय ८७ रन बनाएको थियो।

भारतका लागि केएल राहुलले शतक बनाएका थिए । लड्स मैदानमा दोस्रो शतक बनाएका राहुलले १३ चौकाको सहयोगमा १ सय रन जोडेका थिए । ऋषभ पन्त ७४, रविन्द्र जडेजा ७२, करुण नायर ४०, नितिश कुमार रेड्डी ३० तथा वासिंटन सुन्दर २३ रन बनाएका थिए ।

घरेलु टोलीका क्रिस वोक्सले ३, जोफ्रा आर्चर र कप्तान बेन स्टोक्सले समान २ तथा शोयब बसिर र बायडेन कार्सले समान १ विकेट लिए ।

शनिवार नै दोस्रो इनिङको सुरुवात गरेको घरेलु टोलीले तेस्रो दिनको खेल सकिदा १ ओभरमा २ रन बनाएको छ ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले पूर्व कप्तान जो रुटको शतक सहयोगमा ३ सय ८७ रन बनाएको थियो ।

रुट १० चौकाको सहयोगमा १ सय ४, बायडन कार्स ५६ तथा जेमी स्मिथ ५१ रनमा बनाएका थिए। कप्तान बेन स्टोक्स र ओली पोप समान ४४ तथा बेन डकेट २३ रनमा आउट भएका थिए।

भारतका जसप्रित बुमराहले २७ ओभरमा ७४ रन खर्चिएर ५ विकेट लिए । नितिश कुमार रेड्डी र मोहम्मद सिराजले समान २ तथा रविन्द्र जडेजाले १ विकेट लिएका थिए।

५ टेस्टको सिरिज १-१ को बराबरीमा छ । पहिलो टेस्टमा इङ्ग्ल्याण्ड र दोस्रोमा भारत विजयी भएको थियो।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.