default_image

5 months ago

July 13, 2025

अस्ट्रेलियाको मध्यम योगफल

426 views

0 Bookmark

एजेन्सी – अस्ट्रेलिया घरेलु टोली वेस्ट इण्डिजविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङमा मध्यम योगफलमा समेटिएको छ ।

जमैकामा शनिवार सुरु डे नाइट टेस्टमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो इनिङमा २ सय २५ रनमा समेटिएको हो । अस्ट्रेलियाका स्टिभ स्मिथले सर्वाधिक ४८ रन बनाए ।

क्यामरुन ग्रिन ४६, कप्तान प्याट कमिंस २४, ओपनर उस्मान ख्वाजा २३, एलेक्स केरी २१ तथा ट्राभिस हेड २१ रनमा आउट भए।

वेस्ट इण्डिजका लागि शेमार जोसेफले ४ तथा जस्टिन ग्रेभ्स र जयडेन सेल्सले समान ३ विकेट लिए ।

वेस्ट इण्डिजले पहिलो इनिङ सुरु गर्दै १ विकेट गुमाएर १६ रन जोड्दा पहिलो दिनको खेल सकिएको छ।। वेस्ट इण्डिजका ओपनर ब्राण्डन किंग ८ र कप्तान रोस्टन चेस ३ रनमा नटआउट छन् ।

अस्ट्रेलियाका लागि एक मात्र सफलता मिचेल स्टार्कले दिलाए । पहिलो दिन खसेका ११ नै विकेट तीव्र गतिका बलरले लिए । ३ टेस्टको सिरिज अस्ट्रेलियाले यसअघि नै जितिसकेको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.