5 months ago
July 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राजविराजमा जारी सप्तरी प्राइड लिगको चौंथो दिन आइतवार कञ्चनरुप राइनोज र रोयल च्यालेन्जर्स बाह्री वीरपुर विजयी भएका छन्।
पहिलो खेलमा राइनोजले राजपुर वारियरलाई ५ विकेटले पराजित गर्यो । १ सय २५ रनको लक्ष्य राइनोजले १६ ओभरमा ५ विकेट गुमाएर भेटायो।
राइनोजका ओपनर राकेश कामतले अर्धशतक बनाए। राकेशले २५ बलमा ८ चौका र तीन छक्का मद्दतले ५४ रन जोडे । यस्तै रासिद खानले ३० बलमा ३१ रनमा आउट बनाए। रोनक सिंहले २४ बलमा अविजित रहँदै १७ रन जोडे ।
राजगढ वारियरका बलर बिक्की पासवान र रोशन यादवले समान २ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको वारियर्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो ।
वारियर्सका नयन यादवले सर्वाधिक ३३ रन, रोशन यादवले ३२ रन बनाए । अजित यादवले १५ र मनिष यादवले अविजित १४ रन जोडे।
राइनोजको बलिङतर्फ राशिद खान, उमेश चौधरी र अभिमन्यु सरदारले समान २ विकेट लिए । मुकेश सिंहको नाममा १ विकेट रह्यो । विजयी टोलीका राकेश कामत प्लेयर अफ दि म्याच घोषित भए।

आजको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बाह्री वीरपुरले रुपनि राइडर्सलाई २८ रनले पराजित गर्यो। १ सय ३४ रनको लक्ष्य पछ्याउने क्रममा राइडर्सले १८.१ ओभरमा १ सय ५ रनमा सबै विकेट गुमायो ।
राइडर्सको ब्याटिङमा गौरभ शाहले सर्वाधिक ३२ रन बनाए । सुमन चौधरीले १७ र विशाल पटेलले १३ रन जोडे ।
वीरपुरको बलिङमा तृत राज दास, सुमित श्रेष्ठ र राहुल विकले समान ३ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको वीरपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो।
वीरपुरको लागि ओपनर अमित यादवले सर्वाधिक ३३ रन बनाए । यस्तै अमित मण्डलले १३, विकास दासले १२, भीम यादवले ११ र सुमित श्रेष्ठले १० रन जोडे।
रुपनी राइडर्सको बलिङमा अशोक मेहताले सर्वाधिक ३ विकेट लिए। इमरान शेख र रविन मण्डलले समान २ विकेट लिए । विजयी टोलीका सुमित श्रेष्ठ प्लेयर अफ दि म्याच भए।
८ दिन संचालन हुने प्रतियोगितामा ८ टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समुह ‘ए’ मा हनुमाननगर हिरोज, कन्चनरुप राइनोज, राजगढ वारियर्स, राजविराज राजदेवी रोयल रहेका छन् ।
समूह ‘बि’ मा तिराहुट टाइगर्स, रोयल च्यालेन्जर बाराही विरपुर, रुपनी राइडर्स तथा खडक वारियर्स रहेका छन्।
समूह चरणमा सबै टिमले एकअर्का संग खेलेपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल साउन १ गते हुनेछ।
प्रतियोगिताको विजेता टोलीले २ लाख र दोस्रो टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]