5 months ago
July 14, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डबाट भारतले तेस्रो टेस्टमा १ सय ९३ रनको सामान्य लक्ष्य पाएको छ ।
पहिलो इनिङ बराबरीमा सकिएपछि इङ्ग्ल्याडले दोस्रो इनिङमा १ सय ९२ रन मात्र जोड्न सकेको थियो ।
दोस्रो इनिङमा जो रुट सर्वाधिक ४० रन बनाए । कप्तान बेन स्टोक्स ३३, ह्यारी ब्रुक २३ तथा ज्याक क्रली २२ रनमा आउट भए ।
इङ्ग्ल्याण्डलाई कम रनमा नै रोक्न भारतका वासिंटन सुन्दरले ४, मोहम्मद सिराज र जसप्रित बुमराहले समान २ तथा आकाश दिप र नितिशकुमार रेड्डीले समान १ विकेट लिए ।
भारतले आइतवार लक्ष्य पछ्याउन दोस्रो इनिङको सुरुवात गरेको छ । ४ विकेट गुमाएर ५८ रन जोड्दा चौथो दिनको खेल सकिएको छ। भारतका केएल राहुल ३३ रनमा नटआउट छन् ।
करुण नायर १४, कप्तान शुभमन गिल ६ तथा आकाश दिप १ रनमा आउट भए । ६ विकेट बाँकी रहँदा भारत लक्ष्यबाट १ सय ३५ रन टाढा छ । तेस्रो टेस्टको पहिलो इनिङमा दुबै टोलीले समान ३ सय ८७ रनमा अल आउट भएको हो ।
५ टेस्टको सिरिज १-१ को बराबरीमा छ । पहिलो टेस्टमा इङ्ग्ल्याण्ड र दोस्रोमा भारत विजयी भएको थियो।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]